२९ आश्विन २०८३, बिहिबार

आमाका प्रेमीले छोरी ताकेपछि…!

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sex-girlएजेन्सी । तेलंगानाको राजधानी हैदराबादमा १२ वर्षीय बालिकाको आफ्नै आमाका प्रेमीले बलात्कार गरेका छन् ।

घटना शैदाबादको सिगारेणी कोलोनीको हो । टाइम्स अफ इण्डियाका अनुसार बुधवार विहान ११ बजे आरोपी २७ वर्षीय अमजद आफ्नी प्रेमिकालाई भेट्न आएका थिए । तर, उनी घरमा भेटिइनन् । घरमा महिलाकी १२ वर्षीय छोरी थिईन् । त्यसपछि अमजदले बालिकालाई एक्लै देखेर बलात्कार गरी फरार भए ।

छिमेकीले बालिकालाई रुँदै–कराउँदै गरेको सुनेपछि घटनाको जानकारी उनकी आमालाई दिइयो । त्यसपछि पीडित बालिकालाई लिएर आमाले प्रहरी चौकी आरोपी प्रेमीविरुद्ध मुद्दा दर्ता गराइन् ।

प्रहरी अनुसन्धानका अनुसार आरोपी अमजद एक अटो ड्राइवर हुन् । जसको पीडित बालिकाकी आमासँग अवैध सम्बन्ध थियो । बालिकाकी आमा विधवा(एकल) महिला हुन् । बलात्कृत बालिका कक्षा ६ मा पढ्दै आएकी थिईन् ।

घटनापछि प्रहरीले बालिकाको मेडिकल टेस्ट गरेर अस्पताल भर्ना गरेको छ । आरोपी अमजदविरुद्ध जबरजस्तीकरणी ऐनअन्तर्गत मुद्दा दर्ता गरिएको छ । (एजेन्सीको सहयोगमा)