
वीरगञ्ज, १७ मंसिर । विगत तीन महिनादेखि बन्द रहेको वीरगञ्ज–रक्सौल नाकामा धर्ना दिएर बसिरहेका आन्दोलनकारीमाथि भारतीय समूहले अर्काे आक्रमण गरेको छ ।
बुधबार राति नाकाबाट मधेसी मोर्चासम्बद्ध आन्दोलनकारीलाई कुटेर हटाएको भारतीय समूहले आज विहानै उनीहरुमाथि ढुंगा वर्षाएको हो । नाकाको मितेरी पुलमा दुबैपक्षबीच ढुंगा हानाहान भएको प्रहरीले जनाएको छ ।
मोर्चाका कार्यकर्ताले सीमामा कुनै सवारी चल्न नदिने भन्दै सीमा क्षेत्रमा इन्धन बेच्न बसेका भारतीय नागरिकको इन्धन पोखिएको र सोही विषयलाई लिएर भारतका नागरिकले नेपाली आन्दोलनकारीलाई ढुंगा प्रहार गरेको पर्सा प्रहरीले जनाएको छ ।
भारतीयको ढुंगा प्रहारबाट एक प्रदर्शनकारी सत्रुधन यादव घाइते भएका छन् । भारतीयको आक्रमणबाट टाउको फुटेका यादवलाई उपचारका लागि नारायणी क्षेत्रीय अस्पताल पुगाइएको छ ।
=====
घटनामा मोर्चाका छजना भन्दा बढी नेता तथा कार्यकर्ता घाइते भएका छन् । बिहान भएको झडपमा परी मदन यादव, शत्रुधन यादव, रेखा देवी लगायतका घाइते भएका छन् भने राति भारतीय नागरिकले गरेको कुटपिटबाट मोर्चाका कार्यकर्ता सुरेश साह कानु, रञ्जित साह, रामदहिन यादव, नन्दु यादव, फिरोजबाबु खान घाइते भएका थिए । घाइते सबैको वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये सुरेश साहको अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।
आन्दोलनकारी र रक्सौलवासीबीच विवाद बढेपछि उत्पन्न विवादलाई साम्य पार्न दुबै तर्फका अगुवाले पहल गरिरहेका छन् । सीमाक्षेत्रमा नेपाल भारतका नागरीक एकआपसमा भिडेपछि तनाव उत्पन्न भएको छ । सीमाक्षेत्रमा तनाव बढेपछि सम्पूर्ण सवारीका साधन आवतजावतमा रोक लगाइएको छ ।




![ldt]/L k'ndf le8Gt jL/uGhsf] ldt]/L k'ndf laxLaf/ laxfg cfGbf]ngsf/L / ef/tLo gful/saLr em8k x'Fb} . ef/tLo jfxg leqofPsf] ljifodf le8Gt xF'bf ef/tLon] k|xf/ u/]sf] 9'ªuf / n¶Laf6 5hgf eGbf a9L df]rf{sf g]tf tyf sfo{stf{ 3fOt] ePsf 5g . tl:a/ M laho s'df/ dxtf], k;f{, /f;;](https://www.dainiknepal.com/wp-content/uploads/2015/12/Birjung-650x433.jpg)











प्रतिक्रिया