काठमाडौं, २१ असार । नेकपा एमालेको नवौं महाधिवेशनको जारी बन्दसत्रमा शनिवार महासचिव ईश्वर पोखरेलको सांगठनिक प्रतिवेदन र युवराज ज्ञवालीले विधान संशोधन प्रस्तावमाथि छलफल हुनेछ ।
राजधानीको भृकुटीमण्डपमा जारी महाधिवेशनमा शुक्रवार अध्यक्ष झलनाथ खनालले राजनीतिक प्रतिवेदन पेश गर्नुभएको थियो । उहाँले पेश गरेको प्रतिवेधनमाथि पनि प्रतिनिधिहरुले आफ्ना धारणा राख्नेछन् । पार्टीले मनोनीत गर्ने पाँच प्रतिशत प्रतिनिधि चयनका विषयमा भने शनिवार पनि सहमति बन्न सकेको छैन ।
गुटगत कारणले प्रतिनिधि चयन हुन नसकेको बुझिएको छ । १३ सदस्यीय अध्यक्षमण्डलले बन्दसत्र सञ्चालन गरिरहेको उक्त बन्दशत्रमा केन्द्रीय कमिटी, अनुशासन आयोग, लेखा आयोग, केन्द्रीय सल्लाहकार परिषद्, जेष्ठ कम्युनिष्ट मञ्चका सदस्यहरु स्वतः महाधिवेशन प्रतिनिधि बनाइएको छ ।
आगामी पाँच बर्षका लागि नेतृत्व छनोट गर्ने उक्त महाधिवशेन आसार २५ गतेसम्म चल्ने छ । एमाले संसदीय दलका नेता केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले यस पटक पार्टीको नेतृत्व गर्ने आकाक्षं देखाउनु भएको छ । उहाँहरु दुबै जनाले अहिलेसम्म दाबी नछाडेपछि सम्मेलन निर्वाचन प्रक्रियामै जाने करिव–करिब टुङ्गो लागेको छ ।
त्यही भएर पनि अहिले दुबै समुह आ–आफ्नो पक्षको टीम बनाउने गृहकार्यमा लागेका छन् । महाधिवेशनमा २ हजार ३ सय २५ प्रतिनिधि सहभागी छन् ।
















प्रतिक्रिया