२८ आश्विन २०८३, बुधबार

गौतमको छुट्टै भेला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bamdev-Gautamकाठमाडौं । एमाले उपाध्यक्ष बामदेव गौतमले आफ्नो गुटको  भेला गर्दै पार्टीभित्र आफूले अघि सारेको विचारको जित भएको दाबी गरेका छन् । मंगलबार पारित भएको महाधिवेशनसम्बन्धि दस्तावेजले नेपाली समाज पुजीवादी भइसक्यो भन्ने निष्कर्षमा निकाल्नुलाई उनले आफ्नो जितको रुपमा व्याख्या गरेका छन् । हाल केपी ओली गुटमा मिसिएपछि गौतमको विचार भने माधव नेपाल समूहको निकट थियो ।

‘पार्टीको दस्तावेज मस्यौदा निर्माण कमिटीको बैठकले सर्वसम्मतिमा नेपाली समाजमा आएको परिवर्तनलाई आत्मसात गर्दै नेपाली समाजले पुँजीवादी चरित्र ग्रहण गरेको निश्कर्ष निकालेको छ । हाम्रो समाज अब अर्धसामन्ती र अर्धऔपनिवेशिक छैन भन्ने मेरो निश्कर्षलाई सही सावित गरेको छ’ उपाध्यक्ष गौतमले बुधबार भने ।  मंगलबार दिउसो घोबीघाटस्थित सिद्धार्थ कटेजमा गौतमले आफूसंग निकट रहेको नेता कार्यकर्ताको भेला गरेका थिए ।

गौतम गुटको भेलामा  महासचिव इश्वर पोखरेल र सचिव विष्णु पौडेललाई पनि निम्त्याईको थियो । गौतम लगायतका अध्यक्ष झलनाथ खनाल बरिष्ठ नेता माधव नेपाल पक्षधर नेताहरुले नेपाली समाज अर्धसमान्ती र अर्धऔपनिवेशिक नरहेको र पुजीवादी भइसकेको व्याख्या गर्दै आएका थिए । घनश्याम भुसाल लगायतका नेताहरुले त पाँच बर्ष अघिको आठौ महाधिवशेनमै यो धारणा राखेका थिए ।

भेलामा गौतमले जनताको बहुदलीय जनवादले परिकल्पना गरेबमोजिमको बहुदलीय प्रतिस्पर्धा हुने बताए । ‘अहिलेको संसारमा माक्र्स र लेनिनले परिकल्पना गरेजस्तो होइन, जनताको बहुदलीय जनवादले परिकल्पना गरेजस्तो समाजवादमात्र सम्भव छ’ उपाध्यक्ष गौतमले भने ।

उनले अब एमालेका सदस्यहरु प्रत्यक्ष उत्पादनमुख हुनुपर्ने राज्यलाई कर तिर्ने खालका हुनेपर्ने बताए । पार्टी भित्र पदाधिकारी चयनमा अनपाइदै आएको प्रत्यक्ष चुनाव पद्धति खारेज गर्नुपर्ने धारणा पनि गौतमले अघि सारेका छन् ।

‘व्यक्ति चुन्ने वा पदीय रुपमा व्यक्तिलाई निर्वाचित गर्ने परम्पराले पार्टीभित्र गुटबन्दी हुन्छ । अध्यक्ष विरुद्ध केन्द्रीय सदस्यहरुको बहुमत हुने, अध्यक्षलाई अल्पमतमा पार्ने कुराले पार्टीभित्र बिग्रह सिर्जना गर्दछ’ गौतमले भने, ‘आठौं महाधिवेशनदेखि अहिलेसम्मको अवस्थालाई हेर्दा त्यस्तै भएको छ । त्यसैले अब हामीले महाधिवेशनबाट केन्द्रीय कमिटी चुन्ने र केन्द्रीय कमिटीले पदहरुको जिम्मेवारी दिने गर्नुपर्दछ ।’

प्रत्येक जिल्ला कमिटीबाट केन्द्रीय कमिटीमा कम्तिमा एकजनाको प्रतिनिधित्व हुनुपर्ने प्रस्ताव पनि उनले अघि सारेका छन् । ‘कुनै जिल्लाबाट १० जनासम्म केन्द्रीय सदस्य हुने, कुनै जिल्लामा एकजना पनि नहुने अवस्था अब अन्त्य हुनुपर्दछ’ गौतमले भने । पार्टी जुनसुकै ढाँचामा गएपनि अबको अध्यक्ष नेता केपी ओली बाहेक अर्को व्यक्ति हुन नसक्ने गौतमको दाबी छ । कान्तिपुर दैनिकबाट