६ कार्तिक २०८३, शुक्रबार

उपेन्द्र र राजेन्द्रबीच किन भयो मतभेद ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rajendra Mahato & Upendra Yadavकाठमाडौं, १६ मंसिर । मधेसमा आन्दोलनरत संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र सद्भावनाका अध्यक्ष राजेन्द्र महतोबीच मतभेद बढेको छ ।

यसले आन्दोलनमा समेत असर परिरहेको निकटस्थहको बुझाइ रहेको समाचार कान्तिपुर दैनिकले छापेको छ ।

दुई नेताबीच एक अर्काको अस्तित्व स्विकार्न नसक्ने दम्भका कारण मनमुटाव बढ्दै गएको कार्यकर्ताहरु बताउँछन् ।

चर्को र उत्तेजक भाषण दिएर लोकप्रियता कमाउन खोज्ने महतोको बानी यादवलाई मन नपर्ने अनि आन्दोलनका क्रममा नरम भाषा प्रयोग गर्ने, राजधानी केन्द्रित बढी हुने र पहाडीसित सहकार्य गर्ने यादवको शैली महतोले मन नपराउने उनीहरु निकट स्रोतले जनाएको छ ।