६ कार्तिक २०८३, शुक्रबार

दिल्लीमा कमल थापाले भने रोटीबेटीको सम्बन्ध भन्ने, आपूर्ति बन्द गर्ने ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kamal-Thapaनयाँदिल्ली, १६ मंसिर । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले भारतको व्यवहारले दुई देशबीचको सम्बन्धको गलत परीक्षण भएको बताएका छन् ।

रोटीबेटीको सम्बन्ध भन्ने तर आपूर्ति बन्द गर्ने भारतको नियत ठीक नभएको थापाको भनाइ रहेको नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

बेंग्लोरबाट मंगलबार साँझ पौने आठ बजे दिल्ली फर्किएका थापाले नेपाली दूतावासमा आयोजित रात्रिभोजमा भारतीय सांसद तथा भाजपासहितका नेतालाई सम्बोधन गर्दै भारतले वीरगन्जबाहेकका नाका खोल्नुपर्ने बताए ।

दिल्लीस्थित नेपाली राजदूत दीपकुमार उपाध्यायले थापाको सम्मानमा भोज आयोजना गरेका थिए ।

भाजपा नेता विजय जोली, सांसद डिपी त्रिपाठी, डी राजा, कम्युनिस्ट पार्टीका नेता सीताराम येंचुरीलगायतका नेताहरूले थापालाई संविधानबारे जिज्ञासा राखेका थिए ।

भाजपाका नेताले भने मधेसीहरूको आन्दोलनको बचाउ गर्दै छिटो समाधान खोज्न आग्रह गरेका थिए ।

थापाले बुधबार विदेशमन्त्री सुषमा स्वराज, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेशसचिव एस जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

तर, समयबारे अबेरसम्म दूतावासले विस्तृतमा बताएको छैन । नेपाल र भारतको सम्बन्ध रोटीबेटीको छ, यो सही हो ।

तर, राजनीतिका कारण जनताले दुस्ख पाउने स्वाभाविक हुादैन । राजनीतिक कारण देखाएर आपूर्ति रोकिादैन ।

त्यसकारण म र सरकारको एउटै धारणा छ, खुलेका नाकाबाट आपूर्ति सुचारु गरिदिनुस्, सहयोग गरिदिनुस् । यति भयो भने सोचेभन्दा बढी सहयोग हुन्छ । नत्र मानवीय संकट उत्पन्न हुने भइसक्यो ।