परासी, २१ असार । नवलपरासीमा पहिलो पटक शुक्रबारबाट एचआइभी सङ्क्रमितले खाने एआरटी औषधि वितरण सुरु भएको छ ।
सङ्क्रमितलाई औषधि वितरण गर्न पृथ्वीचन्द्र अस्पताल परासीमा एआरटी सेन्टरको स्थापनासमेत गरिएको छ ।
सेन्टर स्थापनापछि यसअघि सङ्क्रमितले आफूले खाने औषधि एआरटी भरतपुर र बुटवलबाट ल्याएर खाने बाध्यताको अन्त्य भएको छ ।
जिल्लामा करिब २०० को सङ्ख्यामा एचआइभी सङ्क्रमित रहेको एक सरोकारवाला संस्थाले जनाएको छ ।













प्रतिक्रिया