१ कार्तिक २०८३, शनिबार

कसले दियो माननीय ज्यूहरूलाई खुट्टा र पखेटा ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kukhura Ko Masu Samsad Nepal Bimalकाठमाडौं, १५ मंसिर । तपाई हाम्रा सांसदले कस्तो खाना र खाजा खान्छन् भन्ने कौतुहलता सबैलाई लाग्न सक्छ । तर उनीहरूको खानालाई लिएर कहिले काहीँ चर्चा र विवाद हुने गरेको छ ।

विशेष गरेर संसद सचिवालयको सिंहदरबार र नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको चमेनागृहको खाना तथा खाजालाई लिएर चर्चा हुने गरेको छ । संसदको चमेनागृहको खाना र खाजा गुणस्तरीय हुनुपर्ने संसद सचिवालयको नियमावलीमा उल्लेख छ ।

यसैबीच, मंगलबार संसद नियमावली समितिको बैठकमा चमेनागृहले सांसदहरूलाई खुवाएको खाजा कमसल खालको रहेको गुनासो आएको छ । समितिका सदस्य एवम् सांसद तथा समितिकै कर्मचारीहरूले पनि त्यस्तो अनुभव गरेका थिए ।

समितिको बैठकमा उपस्थित सबैलाई कुखुराको मासु, चिउरा र दही तथा चिया, कफीको व्यवस्था थियो । मासु नखानेका लागि साकाहारी खाजाको व्यवस्था पनि गरिएको थियो ।

खाजाका रुपमा उपलब्ध कुखुराको मासु चेमनागृहले अत्यन्तै हेलचेक्र्याइ गरेर उपलब्ध गराएको आफूले पाएको एक सांसदले गुनासो गरेका छन् । मासुभन्दा पनि चमेनागृहले कुखुराको पखेटा, खुट्टा, घाँट, मासुबाट निकालिएको छाला र अत्याधिक बोसोसहितको तरकारी उपलब्ध गराएको थियो ।

Samsad ko Khata Nepal

कुखुराको सो मासु अधिकांस सांसदहरूले नखाइ त्यत्तिकै कटौरामा छाडेका थिए । यस्तो मासु स्वास्थ्यका लागि हानिकारक मानिन्छ । ‘कुखुराको मासु पनि राम्रोसँग सफा गरिएको थिएन । मासुमा कुखुराका भुत्लैभुत्ला देखिन्थ्यो’, ती सांसदले भने ।

नाम उल्लेख नगर्ने सर्तमा एमालेका एक सांसदले भने, ‘केही भन्नु हुँदैन । पत्रकारले फेरि सांसदले खाजा राम्रो पाइएन भनेर गुनासो गर्‍यो भनेर लेखिदेलान । चमेनागृह चलाउने व्यक्तिले पैसा पूरै असुल्छ । खानेकुरा यस्तो दिन्छ । देखिहाल्नु भो ।’ ती सांसदले सुरूसुरूमा चमेनागृहले राम्रो सेवा दिए पनि पछिल्लो समयमा अलि हेलचेक्र्याइ गर्न थालेको आफूले पाएको गुनासो गरे ।

गोपालले विशेष गरेर उच्च ओहदाका व्यक्ति, धनाढ्य, व्यवसायी, कर्मचारी, प्रहरी आदिका लागि क्याटरिङ्को काम गर्ने गरेको संसद सचिवालयको चमेना गृहमा कार्यरत उनकै एक कर्मचारीले बताए । ‘हाम्रो नाम नलेखी दिनु होला’, ती कर्मचारीले भने, ‘मालिकले थापा पाए भने जागिरबाट निकाली दिन्छन् ।’

कांग्रेसका अर्का सांसदले पनि चमेनागृहबाट खानेकुरा अलि कमसल खालको दिन थालेको अनुभूति आफूलाई लाग्ने गरेको बताए । ‘भन्नु हुँदैन’, कांग्रेसका ती सांसदले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘खानेकुरामा सांसदले गुनासो गर्‍यो भन्लान् । हामी पनि त मान्छे हौँ ।’
ती सांसदले आफूलाई दिइएको च्युरामा मुसाको ‘विष्टा’ फेला पारेको गुनासो गरे । उनले मुसाको ‘विष्टा’ पाइएपछि आफूले च्युरा नखाएको बताए ।

संसदको नियमावलीअनुसार चमेनागृह सञ्चालकले आफ्नो सेवा दिनुपर्छ । सेवा दिनकै लागि संसद सचिवालयले निकालेको टेन्डरअनुसार सञ्चालकले अनुमति पाउने व्यवस्था छ । सेवा दिए वाफत चमेनागृह सञ्चालकले मोटो रकम पनि असुल्छन् ।

अहिले संसद सचिवालयको चमेनागृह चलाउने जिम्मेवारी अनमोल क्याटरिङ ग्रुपका गोपाल जुकाईले लिएका छन् । उनले रिजेन्सी ब्याङ्केट क्याटरिङ् पनि चलाउने गरेका छन् । राजधानीमा गोपालका थुप्रै क्याटरिङ छन् । ती क्याटरिङमा गोपालले विवाह, पार्टी र अन्य विभिन्न सेवा दिँदै आएका छन् ।

Samsad Samiti Meeting

समितिका सांसदहरूलाई कुखुराको कमसलखालको मासु खुवाइएका विषयमा चमेनागृह सञ्चालक गोपालसँग सम्पर्क गर्नका लागि उनको मोवाइल फोनमा सम्पर्क गर्दा सम्पर्क हुन सकेन । गोपलले आफ्नो मोबाइल फोन नउठाएका कारण सो विषयमा प्रतिक्रिया लिन सकिएन ।

गोपालले विशेष गरेर उच्च ओहदाका व्यक्ति, धनाढ्य, व्यवसायी, कर्मचारी, प्रहरी आदिका लागि क्याटरिङ्को काम गर्ने गरेको संसद सचिवालयको चमेना गृहमा कार्यरत उनकै एक कर्मचारीले बताए । ‘हाम्रो नाम नलेखी दिनु होला’, ती कर्मचारीले भने, ‘मालिकले थापा पाए भने जागिरबाट निकाली दिन्छन् ।’

यसअघिका चमेना गृह सञ्चालकहरूले कमसल खालको खाना खुवाएको पाइएपछि संसदीय समितिले कारबाहीसमेत गरेका प्रसस्त उदाहरण छन् । यदि गोपाल जुकाईले पनि सांसदहरू हुन्, यिनीहरूलाई जे गरे पनि हुन्छ भनेर खाना र खाजा खुवाउने विषयमा हेलचेक्र्याइ गरेमा अवश्य कारबाही भोग्नुपर्ने छ ।