१ कार्तिक २०८३, शनिबार

कतारले आप्रवासी कामदारको अधिकार संरक्षण गरेन्ः एम्नेस्टी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

amnesty-international-logo-1काठमाडौँ, १५ मङ्सिर । कतारले प्रतिबद्धता व्यक्त गरेअनुरुप सो देशमा कार्यरत आप्रवासी श्रमिकको अधिकार संरक्षणका लागि ठोस कदम नचालेको एम्नेस्टी इन्टरनेसनलले आरोप लगाएको छ ।

एम्नेस्टीको अन्तर्राष्ट्रिय सचिवालयले गएराति विज्ञप्ति जारी गर्दै कतारले सन् २०२२ को विश्वकप फुटबल प्रतियोगिता गर्ने निर्णय भएको पाँच वर्ष भइसक्दासमेत आप्रवासी कामदारको अधिकार संरक्षणको प्रतिबद्धता पूरा नहुनु लज्जाको विषय भएको जनाएको छ ।

कतारमा कामदारको ट्रेड युनियन अधिकार, स्वास्थ्य र सुरक्षाको अधिकार, न्यायमा पहुँच, जागीर परिवर्तनको अधिकार, स्वदेश फर्कने अधिकार, घरेलु कामदारको सुरक्षाजस्ता विषय अझै सुधार नभएको एम्नेष्टीले जनाएको छ ।

उसले अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा)लाई कतारमा कामदारको अधिकारको सुरक्षाका लागि दबाब दिन आग्रह गरेको छ । रासस