काठमाडौं, १५ मंसिर । मुलुकको वपछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न प्रमुख विपक्षी दल नेपाली कांग्रेसको पदाधिकारीहरूको बैठक बसिरहेको छ ।
महाराजगञ्जस्थित कांग्रेस सभापति सुशील कोइरालाको निवासमा जारी बैठकमा मधेसी मोर्चाको माग र नाकाबन्दी खुलाउन पार्टीका तर्फबाट हुन सक्ने सहयोगका विषयमा छलफल भएरहेको छ । कांग्रेसले भोलि बुधबार हुने मधेसी मोर्चा र सत्तारुढ दलहरूको बैठकका विषयमा पनि छलफल गर्नेछ ।
कांग्रेसले मधेसी मोर्चाले अघि सारेका सबै मागमा लचकताका साथ छलफल गर्न सकिने यसअघि नै जनाइ सकेको छ । कांग्रेसले मुलुकलाई निकास दिन आफूले मध्यस्तता गर्ने उल्लेख गरिसकेको छ ।
यद्यपि, मधेसी मोर्चा र सत्तारुढ दलहरूले कांग्रेसले सहमतिका लागि अघि सारेका प्रस्तावहरूलाई बेवास्ता गर्ने गरेको आरोप छ ।
कांग्रेसले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारलाई राजनीतिक रुपमा सहयोग गरोस् भन्ने केही एमाले नेताहरूको अपेक्षा पनि छ । तर कांग्रेसले आफूलाई विपक्षी दलको रुपमा अगाडि राखेका कारण सहमतिमा केही कठिनाइ भएका छन् ।















प्रतिक्रिया