काठमाडौं, २१ असार । नेकपा (एमाले)को जारी नवौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रको दोस्रो दिनको सत्र प्रारम्भ भएको छ । आज बिहान ९ बजे सुरु हुने भनिए पनि १० बजेबाट बन्दसत्र प्रारम्भ भएको हो । बन्दसत्रमा अध्यक्ष झलनाथ खनालले आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।
प्रतिवेदनमा राजनीतिक क्रान्तिको नेतृत्व गर्न एमाले सफल भएकाले अब आर्थिक समृद्धि हासिल गर्ने र देशलाई अगाडि बढाउने नेताका रूपमा विकास गर्न जोड दिनुपर्ने उल्लेख छ ।
प्रतिवेदन शुक्रबारको बन्दसत्रमा पेस (टेबुल) भएको थियो । राजनीतिक प्रतिवेदन प्रस्तुत भइसकेपछि महासचिव ईश्वर पोखरेलको साङ्गठनिक प्रतिवेदन र सचिव युवराज ज्ञवालीले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्ने छन् ।
प्रतिवेदनहरु प्रस्तुत भइसकेपछि समूह विभाजन गरी छलफल हुनेछ । बन्दसत्र शुरु भइसकेपनि मनोनीत प्रतिनिधिबारे स्थायी कमिटीले हालसम्म निर्णय गरेको छैन ।















प्रतिक्रिया