काठमाडौं, १५ मंसिर । शिक्षा मन्त्रालयले एमबीबीएसको प्रवेश परीक्षा उत्तीर्ण गरेका विद्यार्थीललाई निर्धारित शुल्कमा अध्ययन गराउने भएको छ ।
विद्यार्थीले कलेजको बैंक खातामा रकम जम्मा गरेको भौचर चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)मा बुझाएपछि ३५ लाख रुपैयाँमा पढ्न पाउने व्यवस्था गरेको कान्तिपुर दैनिकले समाचार छापेको छ ।
कलेज सञ्चालकले ४० लाख रुपैयाँभन्दा बढी माग गरेपछि यस्तो व्यवस्था गरेको शिक्षा मन्त्रालयले जनाएको छ ।
विद्यार्थीले कति शुल्क बुझायो भन्ने तथ्याङक आइओएमसंग हुने भएपछि कलेजले बढी शुल्क लिन पाउने छैन ।
भर्ना गर्न आवश्यक रकम बैंकमा तिरेको भौचर बुझाएपछि डीन कार्यालयले सम्बन्धन प्राप्त कलेजमा भर्ना गरिदिनु पर्ने सोमबारको मन्त्री स्तरीय निर्णय भएको शिक्षा मन्त्री गिरिराजमणि पोखरेलका प्रेस सल्लाहकार प्रकाश खतिवडाले बताए ।
उक्त निर्णय कार्यान्वयन गर्न निर्देशन दिइसकेको छ ।















प्रतिक्रिया