६ कार्तिक २०८३, शुक्रबार

आयल निगमले किन दिएन प्रहरीलाई ग्यास प्लान्टको अनुमति ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gas-Plant-Nepalकाठमाडौं, १५ मंसिर । नेपाल प्रहरीले राजधानी तथा आसपासका जिल्लाका उपभोक्तालाई लक्षित गरी संचालन गर्न लागेको ग्यास प्लान्ट योजना नेपाल आयल निगमले स्वीकृति नदिँदा अलपत्र परेको छ ।

मन्त्रिपरिषद् कार्यालय र वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट ग्यास प्लान्ट संचालन अनुमतिका लागि निगममा पत्र गएपनि अन्तिम निर्णय नहुँदा १ वर्षदेखिको योजना अघि बढ्न सकेको कारोबार दैनिकले समाचार छापेको छ ।

मन्त्रालयबाट सैद्धान्तिक सहमति पाएपछि प्रहरीको कल्याण कोषले करिव ४ सय मेट्रिक टन क्षमताको ग्यास प्लान्ट संचालन प्रक्रिया अघि बढाएको थियो ।