– सुरजि कोईराला
न्यूयोर्क । लामो समय देखी न्यूयोर्क मा रहदै आएका लेखक राजन थपलिया आफ्नो नयाँ कृती “रिज्वाइस्:२” मार्फत फेरी पाठक हरु बिच आएका छन । अङ्रेजी भाषा मा कलम चलाउने थपलिया को यो १० औ कृती हो । रिज्वाइस २ सिरिज हो यो १० भाग सम्म हुने कुरा पुस्तका लेखक राजन थपलिया बताउनु हुन्छ । १२२ पेज लामो यो कृती नर्थ क्यारोलिना स्थित लुलु प्रेस ले सार्बजनिक गरेको हो । नोभेम्ब र २० मा सार्वजनिक गरिएको यो पुस्तक मा प्रेम जिबन र दर्शन को बेजोड प्रस्तुती पाइन्छ ।
कबिता हरु पढिरहदा कता कता आफ्नो बिगत मा हराएको अनुभुती हुन्छ भने प्रेम को बर्तमान अवस्था लाई पनि निकै कलात्मक शैली मा प्रस्तुत गरिएको छ । ९४ वटा कबिता हरु सङ्रग्रहित उक्त कृती अमेरिका, युरोप लगायत बिश्व प्रसिद्ध बुक स्टोर बार्न्स एन्ड नोबल मा समेत खरिद गर्न सकिन्छ । त्यस्तै प्रसिद्ध अन लाईन इबे र अ्मेजन मा समेत १ हप्ता पछी उपलब्ध हुनेछ । यो किताब १० भाग सम्म हुनेछ र यो बाट उठेको रकम सबै भुकम्प पिडित हरु को सहयोगार्थ खर्च गरिने छ । यस अघी किताब बाट उठेको रकम द्वरा नै लेखक थपलिया ले धदिङ र गोर्खा का भुकम्प पिडित हरु लाई २ लाख सहयोग गर्नु भएको थियो ।
कृती मा जिबन मा निरास हुनु भनेको आफु लाई पछी धकेल्नु हो । जे हुन्छ जसो हुन्छ सबै कुरा लाई स्विकार्नु भन्दा अरु बिकल्प केहि हुँदैन र प्रेम भन्दा ठुलो औषधी संसार मा केहि नभएको साथै देश प्रती एक नगरिक को कर्तब्य के हो ? भन्ने कुरा प्रस्ट उल्लेख गरिएको छ । पुस्तक पढ्दै जादा बाल्यकाल देखी बृद सम्म, यौबन देखी मुक्त आत्मा सम्म को अनुभब सबै गर्न पाइन्छ । समग्र मा भन्नु पर्दा यो किताब एक अनुभब नै अनुभव ले भरिएको एक कलात्मक साहित्य हो । बिगत को हरेक पाटो लाई छुने मात्र होईन त्यही पुगे जस्तो महसुस गराउन सक्नु यो कृती को सबल पक्ष हो ।
मेडिकल साइन्स का विद्यार्थी थपलिया आफु लाई फुल टाइम लेखक बताउछन किन भन्ने प्रस्न खस्न नपाउदै भन्छन – त्यो मेरो साहित्य प्रती को समर्पण हो । जे कुरा मन पर्छ त्यो चिज लाई पाट टाइम वा फुर्सद मा मात्र गर्न थाल्यो भने त्यस प्रती माया घटेर जान्छ तसर्थ साहित्य र मेरो आफ्नो नाता लाई अटुट बनाउन म हरेक दिन लेखन मै हुन्छु । आगामी उपन्यास “द टाइगर एन्ड द मङक्” को तयारी मा लागी रहेका उनि आगामी बर्श नयाँ कृती लिएर फेरी आउने छन । उन को कृती “सिम्पल रुल्स्, लाईफ इज नट इजि, थिन्क अबाउट इट्” नाम चलेका पुस्तक मध्य पर्दछन । लेखन मार्फत नै एकदिन बिश्व मा नेपाल को नाम राख्ने र हामी सबै नेपाली हरु ले गर्ब गर्न लाएक काम गरेर देखाउने कुरा लेखक थपलिया बताउछन ।
बिरामी अवस्था मा रहे को देश मा अब हामी सबै मिल्नु भन्दा केहि बिकल्प छैन । हामी हामी फुटेर सधै छिमेकी को सरण पर्न जादा अहिले देश मा यस्तो स्थिती आएको छ । अब पाठ सिकी आत्म निर्भर हुने बेला यही हो । देश लाई बदल्ने बिकास गर्ने बेला यही हो । देश हिलो जस्तो भइ सक्यो अब हेरेर बस्ने कि त्यहाँ कमल रोप्ने हाम्रो हात मा छ । दृस्टी कोण बदले बदलिन्छ जिबन्, सोच बदले बन्छ देश त्यसैले अब हामी सोच बदलौ, देश बनाउन पट्टी लागौ ।
















प्रतिक्रिया