२९ आश्विन २०८३, बिहिबार

अजेन्डामा प्रवेश नै नगरी बन्दसत्र स्थगित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

umlकाठमाडौं, २१ असार । एमालेको नवौं महाधिवेशनमा विधानअनुसार मनोनित गर्नुपर्ने १ सय ११ प्रतिनिधिको चयन नगरीकन शुक्रबार अपरान्ह सुरु भएको बन्दसत्र खास अजेण्डामा प्रवेश नै नगरी स्थगित भएको छ।शनिबार बिहान बन्दसत्र पुनः चल्नेछ।

शुक्रबारको बन्द सत्रले अध्यक्षमण्डलको घोषणा गरेको छ। अध्यक्ष झलनाथ खनालको राजनीतिक प्रतिवेदन पनि शुक्रबार साँझ नै टेबल भएको छ।

प्रतिनिधि चयन नभएका कारण ढिलो गरी सुरु भएको बन्दसत्र केपी शर्मा ओली अस्वस्थ भएको भनी लेखिएको लेखका कारण केहीबेर बिथोलिएको थियो।

बन्दसत्रभित्रै नाराजुलुससमेत भयो। तर पछि १६ बुँदे आचारसंहिता पारित गरी बन्दसत्रलाई सुचारु गरिएको थियो। अन्नपूर्ण पोष्ट दैनिकबाट