१ कार्तिक २०८३, शनिबार

नरेन्द्र मोदीसँग नाकाबन्दीको बदला लिन नेपाली जनतालाई सुनौलो मौका !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

President Obama Meets With Prime Minister Narendra Modi Of India At The White House

काठमाडौं, १४ मंसिर । नेपालमा नाकाबन्दी गरिरहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग बदला लिन नेपालीहरुले सुनौलो मौका पाएका छन् ।

चर्चित अन्तर्राष्ट्रिय मिडिया ‘टाइम’ले विश्व वर्ष व्यक्तिका रुपमा छनोट गरेका मोदीलाई ‘नो भोट’ गरेर हराउने अवसर नेपाली जनताले पाएका हुन् । उक्त प्रतियोगितामा मोदीले हारे नेपालको जित हुनेछ । किनकि उनी विश्वमा असफल मानिने छन् ।

टाइमले विश्वभरका ५९ जना व्यक्तिलाई छनोट गरी अनलाइन भोटिङका आधारमा उत्कृष्ट श्वि वर्ष व्यक्ति घोषित गर्नेगर्छ । यसरी नेपालमाथि नाकाबन्दी गरेको मोदीलाई हराएर विश्वसामू सबैभन्दा कम भोट ल्याउने व्यक्ति बनाउने नेपालीलाई मौका आएको हो ।

उक्त सूचीमा अमेरिकी राष्ट्रपति बराक ओबामा, चिनियाँ राष्ट्रपति सि जिङ पिङ, फान्सका राष्ट्रपति फानकोन होलेन्डी, कम्प्युटर निर्माता माइकल डेल, ब्रिटिस सिङगर एडिली, फेसबुक निर्माता मार्क जुकरवर्ग, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका व्यक्तित्वहरु रहेका छन् ।

Modi

विशेषगरी भारतले नेपालमा गरेको नाकाबन्दीबारे विश्व समुदायलाई जानकारी गराएर गैरआवासीय नेपालीहरुले उत्कृष्ठ वर्ष व्यक्तिमा मोदीलाई हराउने सुनौलो मौका पाएका छन् ।

त्यसकारण मोदीलाई ‘एस’ गरेर जिताउने वा ‘नो’ गरेर बदला लिने जिम्मा पनि नेपाली जनताहरुले पाएका छन् । विश्वभरका नेपाली मिलेर उनलाई ‘नो’ गरेर हराउने अवसर आएको छ । हराउने मात्र होइन उनलाई कम भन्दा कम मत दिएर लज्जास्पद हार चखाउने अवसर पनि नेपालीहरुको हातमा छ ।

यसरी गर्नुहोस् भोटिङः

अनलाइन भोटिङका लागि यहाँ थिच्नुस्ः
लिंक खोलेर १ नम्बर सूचीमा रहेको व्यक्ति देखन सकिन्छ । जहाँ ती व्यक्तिको तस्बिर र सानो परिचयसँगै ‘एस’ र ‘नो’ अप्सन देखिन्छन् । छेउमा भएको ‘स्लाइड’ गर्दै जाँदा अन्य व्यक्तिहरुको नाम पनि आउँछ । मोदी ३३ नम्बरमा छन् । उनलाई जिताउन त्यहाँ दिइएको अप्सन ‘एस’ मा र हराउन ‘नो’ मा क्लिक गर्नुपर्ने हुन्छ ।