काठमाडौं, २१ असार । एमाले महाधिवेशनको बन्दसत्र होहल्ला र विवादबीच शुक्रबार सुरु भएको छ। चर्को विवादका कारण केन्द्रीय समितिले एक सय ११ जना प्रतिनिधि छान्न सकेको छैन।
प्रतिनिधि मनोनयन टुंगो लगाउन शुक्रबार बिहान बसेको स्थायी समिति बैठकमा शीर्ष नेताहरूबीच विवादका कारण सम्भावित नाममात्र प्रस्ताव गरिएको थियो। बैठकमा अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका नेता केपी शर्मा ओलीबीच भागबन्डा नमिलेपछि मनोनयन हुन नसकेको हो।
स्थायी समितिका एक सदस्यका अनुसार समितिमा बहुमत भएको ओली पक्षले आफ्नो पक्षका बहुमत प्रतिनिधि मनोनयन हुनुपर्ने दाबी गरेको थियो। नेपाल पक्ष भने आधाआधा गर्न तयार भएको थियो। खनालले चाहिँ अध्यक्षका दाबेदारद्वय नेपाल र ओलीलाई ४०/४० प्रतिशत बाँडेर २० प्रतिशत आफ्ना मान्छे रा ने उपाय अघि सारेका थिए।
त्यसमा पनि सहमति नभएपछि सबै पदाधिकारीका नामा भागबन्डा गरेर मनोनयन गर्ने उपाय अघि सारिए पनि काम लागेन। अन्नपूर्ण पोष्ट दैनिकबाट













प्रतिक्रिया