१ कार्तिक २०८३, शनिबार

मोदीको उस्काहटमा मधेसी मोर्चाले राखेको माग पूरा हुँदैन : एमाओवादी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Narayankaji-Shresthaकाठमाडौं, १४ मंसिर । एकीकृत माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले मधेसी मोर्चाले उठाएका सम्पूर्ण माग पूरा हुन नसक्ने बताउनुभएको छ ।

उहाँले मधेसी मोर्चाका केही माग जायज भए पनि अन्य माग मुलुकलाई दीर्घकालसम्म असर पार्नेखालका रहेको बताउनुभयो ।

नेपालवाणी रेडियो नेटवर्कमा आज (सोमबार) बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै उपाध्यक्ष श्रेष्ठले सीमाङ्कन र नागरिकताको माग पूरा नहुने बताउनुभयो । ‘मधेसी मोर्चाका सबै माग पूरा हुँदैनन्’, उहाँले भन्नुभयो, ‘केही माग मुलुक र मधेसी जनताको हितमा छैन ।’

भारतले नेपालमा नाकाबन्दी लगाएर उसैलाई बेफाइदा भइरहेको श्रेष्ठले बताउनुभयो । ‘भारतले हामीले नाकाबन्दी गरेको होइन भन्यो भने दुनियाँ हाँस्छ’, उहाँले भन्नुभयो, ‘नाकाबन्दी लगाएर भारत अन्तर्राष्ट्रिय जगतमा आफै नाङ्गिएको छ ।’

भारतको अनावश्यक हस्तक्षेप र मधेस आन्दोलनमा अनाहक संलग्नताले मधेसको विषय सम्बोधन गर्न समस्या भएको उपाध्यक्ष श्रेष्ठले उल्लेख गर्नुभयो । उहाँले मधेसी जनताका माग पूरा गर्ने विषयमा भारतीय पक्ष बाधक भएर आएको बताउनुभयो ।

‘भारतले नेपालमा अनावश्यक हस्तक्षेप गर्न छाड्नुपर्छ’, उहाँले भन्नुभयो, ‘मधेसी मोर्चालाई उचालेर, नाकाबन्दी लगाएर हामीलाई होइन, भारतलाई नै समस्या पर्छ ।’