१ कार्तिक २०८३, शनिबार

हामीले राज्यका सबै अंगमा मधेसीको आधा सहभागिता खोजेका छौंः राजेन्द्र महतो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

morcha-1पथरी (मोरङ), १३ मङ्सिर । सङ्घीय गठबन्धनका नेताले मधेसको आन्दोलन हिमाल र पहाडका सबै भागमा पु¥याउने बताएका छन् ।

आज विराटनगरमा आयोजित जन प्रदर्शनलाई सम्बोधन गर्दै सङ्घीय गठबन्धनका नेताले मधेसको आन्दोलन जायज भएकाले आन्दोलनलाई हिमाल र पहाडका सबै भागमा पुर्याउने उनीहरुले बताएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेको मधेसको आन्दोलन अधिकारको आन्दोलन भएकाले आन्दोलनबाट कोही तर्किने अवस्था नरहेको उल्लेख गनुभयो । उहाँले सबै निकायमा समान अवसर सिर्जना गर्नु राज्यको दायित्व भएकाले मधेसी जनतालाई हेर्ने दृष्टि परिवर्तन अझै हुन नसकेको बताउनुभयो ।

सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संबिधानसभाबाट जारी भएको संविधानले मधेसीको अधिकार सुरक्षित गर्न नसकेकाले राज्यसत्ताको हरेक अङ्गमा मधेसीको आधा सहभागिता खोजेको बताउनुभयो । उहाँले तराईको आन्दोलनलाई मधेसी–पहाडीको आन्दोलनको रुपमा गलत प्रचार गरिएको आरोप पनि लगाउनुभएको छ ।

तराई मधेस लोकतान्त्रिक पार्टीका महामन्त्री सर्वेन्द्रनाथ शुक्लाले वार्ताको नाममा सरकारले आन्दोलनरत पक्षलाई थकाउन खोजेको टिप्पणी गर्नुभयो ।

कार्यक्रममा बोल्दै तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र्र राय यादवले विभिन्न समयमा सरकारसँग भएका सम्झौता कार्यान्वयन नहुँदासम्म आन्दोलन नरोकिने बताउनुभयो ।

कार्यक्रम सङ्घीय गठबन्धन मोरङका संयोजक राजकुमार यादवको सभापतित्वमा सम्पन्न भएको थियो । रासस