
एजेन्सी । यूपीको पीलीभीतमा रिठौरारहाफिजगञ्जको आसपुर हसन अली गाउँमा परपुरुषसँग अवैध सम्बन्ध राखेको भन्दै देवरले भाउजूको हत्या गरेका छन् ।
देवरले पाँच वर्षीय छोरीको अगाडि शनिबार भाउजूको टाउकोमा बञ्चरो प्रहार गरेर हत्या गरेका हुन् । भाउजूको हत्या गरी देवर फरार भएका छन् । प्रहरीले उनीविरुद्ध मुद्दा दर्ता गरेको छ ।
जहानाबाद (पीलीभीत)को खुडारा गाउँकी सीमा देवीको विवाह १८ वर्ष पहिले हाफिजगंजको आसपुर हसन अली गाउँका किशन लालसँग भएको थियो । विहे गरेको १० वर्षपछि किशन लालको एक दुर्घटनामा मृत्यु भयो ।
त्यसपछि सीमा पाँच वर्षीय छोरीका साथ रुद्रपुरमा देवर महेन्द्रको घरमा बस्दै आएकी थिईन् । रुद्रपुरमा सीमाको एक जना परपुरुषसँग सम्बन्ध गाँसियो । प्रेम नामका पुरुषसँग उनी यति नजिक भइन् कि अवैध शारीरिक सम्पर्क पनि राखिन् । पति मरेको वर्षाैपछि उनले शारीरिक सुख पाएकी थिईन् र उनी खुसी पनि थिईन् । तर, जब यो कुरा देवर महेन्द्रले थाहा पाए तब देवर भाउजूबीच झगडा भयो ।
झगडाकै क्रममा महेन्द्रले भाउजूको टाउको बञ्चरो प्रहार गरेर हत्या गरे । रुद्रपुरका इन्स्पेक्टर एमएम खानले सीमाकी पाँच वर्षीय छोरीे नेहाले यो घटनाको पुष्टि गरेको बताए । इन्स्पेक्टर खानका अनुसार मृतक महिलाका भाई सालिक रामले महेन्द्रविरुद्ध हत्या अभियोगमा मुद्दा हालेका छन् । प्रहरीले महेन्द्रको खोजी गरिरहेको छ ।














प्रतिक्रिया