एजेन्सी । पश्चिमी उत्तर प्रदेशमा बागपत कोतवाली क्षेत्रको एक गाउँमा विशेष समुदायकी एक बालिकामाथि प्रहरी जवानले बलात्कारको प्रयास गरेका छन् ।
प्रहरीले जवानले बालिकालाई आफ्नो कोठामा घिसारी घिसारी उनको अस्मिता लट्ने प्रयास गरेको समाचार एजेन्सीले जनाएका छन् । त्यही बेला त्यहाँ हंगामा भयो । प्रहरीले उजुरी दर्ता गर्नुको सट्टा पीडकलाई भगाएको छ । पीडतका परिवारका अनुसार बालिका शनिबार बेलुका घरबाट खेत जाँदैथिईन् ।
छिमेकमा भाडामा कोठा लिएर बस्दै आएका प्रहरी जवानले बालिकालाई फकाएर आफ्नो कोठा बोलाए र कोठामा घिसारी घिसारी १० वर्षीय बालिकासँग अश्लील हर्कत गर्न थाले ।
बालिकाले विरोध गर्न खोज्दा उनलाई गालीगलौज गर्दै मार्ने धम्की ती जवानले दिए । यसैक्रममा बालिकाले चिच्याइन् र बाहिर मानिसहरुको भीड लाग्यो । त्यहाँबाट प्रहरी जवान भागे । पीडित परिवारले प्रहरी थानामा उजुरी हालेको छ ।
कोतवाली प्रहरी थाना प्रमुख रनवीर सिंह यादवले घटनाको अनुसन्धान भइरहेको र दोषी पाइए प्रहरी जवानमाथि कारवाही हुने बताए ।















प्रतिक्रिया