१ कार्तिक २०८३, शनिबार

‘विप्लव’ माओवादीको बन्दमा जे देखियो (तस्बिरसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-Banda-Ma-Kukur-Dog

नेकपा माओवादी भक्तपुरका इञ्चार्ज तिलक मल्ल ‘क्षितिज’ले आफूहरूको बन्दले केही कठिनाइ भए पनि जनताले राष्ट्र र राष्ट्रियताको पक्षमा हुने सबै प्रकारका आन्दोलन साथ दिने बताउनुभयो । नेकपा माओवादीले अघिल्लो पटकमा गरिए जस्तो कडा खालको बन्द नगरेको दाबी गरेको छ । बन्द भए पनि राजधानीमा छिटफुट सवारी साधन चलेका छन् । बन्द सफल बनाउन नेकपा माओवादीले कलंकी, कालीमाटी, बल्खु, चाबहिल, कोटेश्वर, लगनखेल, सूर्यबिनायकलगायतका दर्जनौ स्थानमा आफ्ना कार्यकर्तालाई उतोको छ । ती स्थानमा विभिन्न नेताहरूलाई कमाण्डिङ्को जिम्मेवारी पनि दिएको छ । विप्लव माओवादीले भारतीय नम्वर प्लेटका सवारी साधनलाई भने निशाना बनाउने चेतावनी दिएको छ ।