१ कार्तिक २०८३, शनिबार

‘हो हामी मधेसी मोर्चाको गलत आन्दोलनलाई काउन्टर दिन आएकै हौँ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बद्रीप्रसाद न्यौपाने, अध्यक्ष चुरे भावर राष्ट्रिय एकता पार्टी, नेपाल

तीन महिनाभन्दा बढी मधेसी मोर्चाको आन्दोलनमा हाम्रो चुरे भावर प्रदेशको पडक क्षेत्रमा कुनै बन्द नरहेको जानकारी गराउँछु । नेपालका जनताको जीवन अहिले यति कष्टकर भएको छ, यस्तो अवस्थामा हाम्रो प्रदेशमा बन्द गर्न नदिने पार्टीको स्पष्ट नीति छ । हामीले उहाँहरूलाई बन्द गर्न नआउनु भन्दाभन्दै जबरजस्ती पूर्वपश्चिम महेन्द्र राजमार्गको चुरे भावर प्रदेश क्षेत्रमा बन्द गर्न आएपछि बाध्य भएर चुरे भावर पार्टीका कार्यकर्ता र भावरबासीले शान्तिपूर्ण रुपमा हटाएका हुन् । बरु मधेसी मोर्चा भारतीयहरूको उस्काहटमा लागेर मुलुकमा नाकाबन्दी गरी नेपाली जनतालाई दुःख दिने कार्यमा लागेका छन् । मधेसी मोर्चाका केही शीर्ष नेताहरू सामाजिक सद्भाव भड्काउन सक्रिय रुपमा छन् । यसको प्रमाण तपाईहरूकै पत्रिपत्रिका र सञ्चारमाध्यमहरूबाट धमाधम सार्वजनिक भैरहेका छन् ।