काठमाडौं, २० असार । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झाले पुनः क्रियाशील पत्रकारित सुरु गर्ने जनाएका छन् ।
विगत २५ वर्ष देखि पत्रकारितमा सक्रिय रहेका झा डेढ बर्ष यता कुनै पनि सञ्चारमाध्यममा आबद्ध थिएनन् । लेख, रचनामार्फत आफ्नो उपस्थिति जनाए पनि झाले सक्रिय पत्रकारिता गरेका थिएनन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत झाले आफू पुनः पत्रकारितमा फर्कन लागेको जनाएका हुन् । यस पटक भने पत्रकार झाले टेलिभिजनमा काम गर्ने छन् । राजधानीबाट प्रशारण हुँदै आएको हिमालय टेलिभिजनमा उनले काम गर्ने जनाएका छन् ।
संविधानसभा निर्वाचनका बेला अन्नपूर्ण पोष्ट दैनिकबाट राजीनामा दिएका पत्रकार झाले कांग्रेसको चुनावी अभियानमा पनि साथ दिएका थिए । कांग्रेसले पत्रकार झालाई समानुपातिक सभासदको सूचीमा समेत राखेको थियो ।
छापा सञ्चारमा पत्रकार झाको २५ वर्षको अनुभव छ । मिलनसार झा जनकपुरका स्थायीवासी हुन् । हाल उनी भक्तपुरको कौशलटारमा सपरिवार बस्दै आएका छन् ।















प्रतिक्रिया