१ कार्तिक २०८३, शनिबार

दुर्गम ग्रामीण क्षेत्रमा पहिलो पटक वाइफाइ सेवा सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Internet...कालीकोट, १२ मङ्सिर । कालीकोटका दुर्गम ग्रामीण क्षेत्रमा पहिलो पटक इन्टरनेट वाइफाइ सेवा सुरु भएको छ ।

जिल्लाको रास्कोट क्षेत्रका एक व्यक्तिको पहलमा पहिलो पटक इन्टरनेट वाइफाइ सेवा सुरु भएको छ । तीन वर्षअघि पोखरा मध्यपश्चिमाञ्चल क्याम्पसमा कम्प्युटर क्षेत्रमा ओभरसियर गरेका सिपखाना–२ लहरेलाका सन्तोषकुमार शाहीले आफ्नो एक्लो प्रयासमा मेहलमुडि गाविसमा रहेको पञ्चदेवल उमाविमा पहिलो पटक इन्टरनेट वाइम्याक्स सेवा सञ्चालन गरेर गत साउन महिनादेखि वाइफाइ सेवा दिँदै आउनुभएको छ ।

म्याग्दीका ग्रामीण सूचना प्रविधिका ज्ञाता भनरे चिनिने महावीर पुनले पोखराबाट पहिलो पटक म्याग्दीका ग्रामीण क्षेत्रमा इन्टरनेट सेवा दिएर चर्चामा आएको स्मरण गर्दै उहाँले आफूले पनि कालीकोटको रास्कोट क्षेत्रका विद्यालयमा इन्टरनेट सेवाको पहुँच वृद्धि गर्ने योजना बनाएको बताउनुभयो ।

उहाँका अनुसार एउटा विद्यालयलाई सामान र वाइफाइ सेवा जडान गर्न रु ४० हजारदेखि ५० हजारसम्म लाग्ने गर्छ । अहिले मेहलमुडिका लागि सिपखानामा ‘डिभाइस’ जोडेर सिपखाना गाविसको सामुदायिक सूचना केन्द्र सिपखाना र मेहलमुडि गाविसमा रहेको पञ्चदेवल उमाविमा इन्टरनेट वाइफाइ सुरु गरिएको छ । विगत दुई वर्षदेखि कम्प्युटर प्राविधिक शिक्षा दिँदै आएको पञ्चदेवल उच्च माविका छात्राछात्रमाझ अहिले इन्टरनेटको पहुँच पुगेको छ ।

उक्त विद्यालयमा सहायक प्रशिक्षकका रुपमा कार्यरत शाहीको जिल्लामा रहेको जिल्ला दूरसञ्चार कार्यालयसँग सहकार्य गरेर अघि बढ्ने योजना छ । वाइफाइ सेवा सुरु भएपछि सिपखाना गाविसको सेरचौरमा हंसराज न्यौपानेले टेलिमेडिसिन सेवा सुरु गर्नुभएको छ ।

यस अघि जिल्ला सदरमुकाम मान्ममा मात्र वाइफाइ सेवा सीमित थियो । पहिलो पटक ग्रामीण क्षेत्रमा पु¥याइएको यो सेवा प्रभावकारी र फलदायी बन्ने शाहीको विश्वास छ । रासस