गौशाला, २० असार । सशस्त्र प्रहरीले आज महोत्तरीको मटिहानीबाट लाखौं मूल्य बराबरको कम्प्युटर पार्ट्स हार्डडिस्क बरामद गरेको छ ।
भारतको मधवापुरबाट भन्सार छली महोत्तरीको मटिहानी भित्र्याइएका छ लाख १० हजार मूल्य बराबरको ६६ थान हार्डडिस्क बरामद गरिएको सशस्त्र प्रहरी बिओपी मटिहानीका प्रहरी निरीक्षक गोविन्दबहादुर केसीले बताए ।
मटिहानी गाविस–८ स्थित जामुन मण्डलको घरमा तस्करी गर्न भण्डारण गरी राखिएका ती सामान प्रहरी निरीक्षक केसीको नेतृत्वमा गएको सशस्त्र प्रहरी टोलीले बरामद गरेको हो ।
बरामद गरिएका ती सामान कारबाहीका लागि मूल भन्सार कार्यालय जलेश्वरमा बुझाइएको प्रहरी निरीक्षक केसीले बताए ।















प्रतिक्रिया