२८ आश्विन २०८३, बुधबार

एएनएको सम्मेलन शुक्रबारदेखि डिसीमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ANA FINAL 1 Aभर्जिनिया, अमेरका । अमेरिकामा रहेका नेपालीहरुको छाता संगठन एशोशियसन अफ नेपलिज इन अमेरिका (एएनए)को ३२ औं सम्मेलन शुक्रबारदेखि वासिंगटन डिसीमा सुरु हुँदैछ ।

सम्मेलनको नेपाली चेली एवं वलिउड अभिनेत्री मनिषा कोइरालाले उद्घाटन गर्ने कार्यक्रम छ । उदघाटन अघि झाँकी, अमेरिका रहेका नेपाली संघसंस्थाबाट भेषभुषा, बाजागाजासहितको ¥याली प्रदर्शन गरिने एएनएका महासचिव विजय थापाले बताउनुभयो ।

तीनसम्म शेराटन प्रिमियर तारे होटलमा हुने समारोहमा भाग लिन अमेरिकाभर छरिएका नेपालीहरु डिसीमा भेला भइसकेका छन् । एएनएको सम्मेलनलाई अमेरिकामा रहेका नेपालीहरुले चाडका रुपमा लिने गरेको एनएनएका अध्यक्ष छेवांग शेर्पालामाले बताउनुभयो ।