१२ कार्तिक २०८३, बिहिबार

विकास पन्त प्रतिष्ठानबाट बृद्धाश्रमलाई खाद्यान्न वितरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Chabi-Raj-Pantकाठमाडौं, ११ मंसिर । विकास पन्त स्मृति प्रतिष्ठानले गल्फुटारस्थित दिव्य सेवा निकेतनका बृद्धाहरुलाई खाद्यान्न वितरण गरेको छ ।

काठमाडौंको महाकालमा रहेको बृद्धाश्रममा विकास पन्त स्मृति दिवसको अवसर पारी चामल, दाल चीनी लगायतका खाद्यान्न वितरण गरिएको हो । प्रतिष्ठानका प्रमुख संरक्षक तथा पूर्वमन्त्री छविराज पन्तले बृद्धाश्रमका उपाध्यक्ष केपी प्रधानलाई खाद्य सामग्री प्रदान गर्नुभयो ।

प्रतिष्ठानबाट गत वर्षपनि बृद्धाश्रममा रहेका जेष्ठ नागरिकलाई कम्बल प्रदान गरिएको थियो । खाद्यान्न वितरण कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष टेक बहादुर बमले गर्नु भएको थियो भने पूर्वमन्त्री पन्तले गतिविधिको प्रकाश पार्नुभएको थियो । प्रतिष्ठानले स्थापनादेखि नै विविध रचनात्मक कार्य गर्दै आएको छ ।