काठमाडौँ, ११ मङ्सिर । नेपालमा शुक्रबार दिउँसो फेरि भूकम्प गएको छ ।
आज दिउँसो ३ बजेर २३ मिनेट जाँदा काभ्रेपलाञ्चोक केन्द्रबिन्दु भएर ४.१ रिक्टर स्केलको पराकम्प गएको हो ।
आज गएको भूकम्प गत वैशाख १२ को ‘गोरखा भूकम्प’को पराकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । विनाशकारी गोरखा भूकम्पपछि चार रिक्टर र त्यसमाथिका ४१४ परकम्प गइसकेका छन् ।















प्रतिक्रिया