दिपायल, ११ मंसिर । भारतीय पक्षवाट नाकामो पेट्रोलिय पदार्थ ढुवानीमा गरिदै आएको अवरोधका कारण पेट्रोलियम पदार्थको अभाव हुदा सुदुरपश्चिमका पहाडी जिल्लाहरुमा शिक्षाका लागी खाद्य कार्यक्रम परियोजना अन्तरगत बितरण गरिदै आएको पौष्टिक आहार ढुवानीमा समस्या देखिएको छ ।
पेट्रोलियम पदार्थ अभावका कारण देखाई नेपाल आयल निगम क्षेत्रीय कार्यालय धनगढीले पर्याप्त ईन्धन उपलब्ध नगराउदा सुदुरपश्चिमका सात पहाडी जिल्लाहरु डोटी, अछाम, बैतडी, डडेल्धुरा, बझाङ्ग, बाजुरा र दार्चुला जिल्लाहरुमा बितरण गरिदै आएको पाैिष्टक आहार कैलालीको धनगढी स्थि बिश्व खाद्य कार्यक्रमको गोदाममा थन्किएको छ । पौष्टिक आहार बितरण हुन नसक्दा लाखौ बालबालिकाको दैनिक पठन पाठन कार्य प्रभावित भएको छ ।
शिक्षाका लागी खाद्य कार्यक्रम परियोजनाको धनगढी स्थित कार्यालयका निमित्त समन्वकर्ता नेत्रप्रसाद पन्तका अनुसार सुदुरपश्चिमका ७ पहाडी जिल्लाहरुका ५ सय सत्तरी बालबिकास केन्द्र र १ हजार दुई सय पाच प्राथमिक बिद्यालयका बालबालिकाहरुलाई उक्त कार्यक्रम मार्फत पौष्टिक आहार बितरण गरिदै आएको छ । समन्वयकर्ता पन्तले भन्नु भयो– “मंसिर महिनाको लागी बितरण गर्नु पर्ने पौष्टिक आहार ढुवानी हुन नसके पछि गोदाममै छ । दिवा खाजाको रुपमा पौष्टिक आहार प्राप्त गर्ने बालबालिका प्रत्यक्ष रुपमा प्रभावित भएका छन् ।”
नेपाल आयल निगम क्षेत्रीय कार्यालय धनगढीले पेट्रोलियम पदार्थको अभाव देखाउदै ढुवानी कार्य गर्दै आएको सप्लायर्सलाई ईन्धन दिन ईन्कार गरेको बताईएको छ । ईन्धन नहुदा मंसिर महिनाको पौष्टिक आहार ढुवानी रोकिएको हो । पौष्टिक आहार ढुवानीमा कठिनाई भए पछि यस क्षेत्रका दैनिक १ लााख अठ्ठाईस हजार बाबाललिका प्रभावित भएका बताईएको छ ।
सुदुरपश्चिमका पहाडी जिल्लाहरुका प्राथमिक बिद्यालय र बालबिकास केन्द्रहरुमा बालबालिकालाई दिवा खाजाको रुपमा बिश्व खाद्य कार्यक्रम अन्तरग शिक्षाका लागी खाद्य कार्यक्रमले पौष्टिक आहार बितरण गर्दै आएको छ । पौष्टिक आहार अन्तरगत सुदुरपश्चिमका ७ पहाडी जिल्लाहरुमा मासिक रुपमा २ सय सततिस मेट्रिक टन पिठो, २५.७ मेट्रिक टन तेल र २५.७ मेट्रिक टन चिनि उपलब्ध गराउदै आईएको छ । ढुवानी हुन नसक्दा उक्त कार्य प्रभावित भएको छ ।















प्रतिक्रिया