१२ कार्तिक २०८३, बिहिबार

नवलपरासीमा शैक्षिक संस्थाहरु खुले, मोर्चाको अवरोध हट्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal_School_Childrenपरासी, ११ मङ्सिर । नवलपरासीमा एक सातादेखि बन्द रहेका शैक्षिक संस्थाहरु आजदेखि खुलेका छन् ।

संयुक्त मधेसी मोर्चाले शिक्षण संस्थाहरु खुल्न दिने जनाएपछि आजदेखि शैक्षिक संस्थाहरु खुलेका हुन् । छठ पर्व सकिएलगत्तै बन्द आह्वान गरेको मोर्चाले एक सातासम्म शैक्षिक संस्था खोल्न दिएको थिएन । एक सातासम्म सदरमुकाम परासीसहित दक्षिणी क्षेत्रमा रहेका करिब एक सयभन्दा बढी शैक्षिक संस्था सञ्चालनमा आउन सकेका थिएनन् ।

शैक्षिक संस्थाहरुका साथै तिनीहरुका सवारी साधनको सञ्चालन समेत फुक्का भएको छ ।

तीन महिनादेखि तराईमा जारी आन्दोलनका कारण करिब दुई महिनासम्म शैक्षिक संस्था बन्द हुन पुगी चालु शैक्षिकसत्र प्रभावित हुने अवस्था देखिएको छ । रासस