२९ आश्विन २०८३, बिहिबार

सिम्रिकको हेलिकप्टर आकस्मिक अवतरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Simrik Air Helicoptarदमौली, २० असार । सिम्रिक एयरको ९ एनएजेजेड हेलिकप्टर खराब मौसमका कारण आज बिहान साढे आज बजे तनहुँको भानु–१ भन्सार नजिकै आकस्मिक अवतरण भएको छ ।

काठमाडौंबाट सुर्खेत हुँदै हुम्ला जाने क्रममा खराब मौसमका कारण उक्त ठाउँमा हेलिकप्टर अवतरण गरिएको पाइलट विवेक खड्काले बताए ।

हेलिकप्टरमा दुई जना अमेरिकी, एक जना चिनियाँ, एक नेपाली गाइड र चालकसहित पाँच जना रहेको सशस्त्र प्रहरी बल मनकामना गण भानु तनहुँले जनाएको छ ।

काठमाडौंबाट साढे आठ बजे उडेको हेलिकप्टर ९ बजे सो ठाउँमा अवतरण गरिएको हो ।