१ कार्तिक २०८३, शनिबार

रञ्जीत रे भन्छन्- भारतको होइन, नेपालको चिन्ता गर्नुस् (विशेष अन्तर्वार्ता)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bbc-Nepaliकाठमाडौं, १० मंसिर । नेपालविरुद्ध जथाभावी बोलेर विवादमा तानिँदै आएका भारतीय राजदूत रञ्जीत रेको अर्काे विवादास्पद अन्तर्वार्ता सार्वजनिक भएको छ ।

पछिल्लो समय मधेस आन्दोलनका प्रवक्ता रुपमा चिनिएका राजदूत रेले बीबीसी नेपाली सेवासंग विशेष कुराकानी गर्दै घोषित वा अघोषित कुनैपनि खाले नाकाबन्दी लगाएको भन्ने आरोपहरुलाई सोझै अस्वीकार गरेका छन् । उनले नेपालीहरुलाई भारतको हैन, आफ्रनै मुलुकको बारेमा चिन्ता गर्न सुझाव पनि दिए ।

विशेष कुराकानीका क्रममा विगतमा भारतले नेपालमा प्रक्रियाहरुको सहजीकरण गर्दाखेरि ऊ सफल भएकै थियो। त्यसका धेरै उदाहरण छन्। यसपटक भारत पूरै विफल रह्यो। प्रक्रिया सहजीकरण गर्न खोज्दा पनि भारत सफल भएको छैन। भारतीय नीति विफल भएको छ ? भनेर बीबीसीका पत्रकार रविन्द्र मिश्रले प्रश्न सोधेका थिए ।

जवाफ दिँदै राजदूत रेले भने- यो कतै भारत विफल भएको हो वा होइन भन्ने विषय होइन। तपाईं त नेपालमा के भइरहेको छ भन्नेप्रति चिन्तित हुनुपर्ने हो। भारत ठूलो देश छ र उसले आफ्नो हेरचाह गर्न सक्छ। मलाई लाग्छ तपाईंको निम्ति महत्वपूर्ण त नेपालमा के हुन लाग्यो भन्ने हुनुपर्छ। भारतलाई बिर्सिदिनुस्।

सुन्नुहोस् अन्तर्वार्ताको पूर्ण अंशः

रन्जीत रेसंग बीबीसीका पत्रकार रविन्द्र मिश्रको कुराकानीः