१२ कार्तिक २०८३, बिहिबार

भूकम्पबाट क्षतिग्रस्त विद्यालय भवन पुनःनिर्माण गर्दै नेपाली सेना

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali-senaम्याग्दी, १० मङ्सिर । नेपाली सेनाले म्याग्दीको कुहुँ–१ पूर्णगाउँमा रहेको जनआवाज प्राविको भूकम्पबाट क्षतिग्रस्त भवन पुनःनिर्माणको काम सुरु गरेको छ ।

गत वैशाख १२ गतेको विनासकारी भूकम्पका कारण विद्यालयको भवन क्षतिग्रस्त बनेपछि त्यहाँका विद्यार्थी अस्याथी टहरामा अध्ययन गर्दै आएका थिए ।

अर्थुङेस्थित इन्द्रबक्स गणबाट सहसेनानी दिपेश थापाको नेतृत्वमा ३० जना जवानको टोलीले भवन बनाउने काम सुरु गरेको विद्यालयका प्रधानाध्यापक सुनबहादुर विश्वकर्माले जानकारी दिनुभयो । टोलीले पाँच दिनसम्म विद्यालयलाई सहयोगार्थ श्रमदान गर्नेछ ।

भूकम्पबाट भवन क्षतिग्रस्त बनेपछि गण र बेनीस्थित ओमकुमारी शान्ति कोषले अस्याथी रुपमा टहरा निर्माणका लागि सहयोग प्रदान गरेको थियो । एकसय दुईजना विद्यार्थी अध्ययन गर्ने विद्यालयमा भवन पुनःनिर्माण हुने भएपछि विद्यार्थी र अभिभावक खुसी भएका छन् । रासस