१ कार्तिक २०८३, शनिबार

अस्ट्रियाले ककनीमा बनायो विद्यालय भवन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal_School_Childrenकाठमाडौँ, १० मङ्सिर । हिमालय पिस एजुकेसन फाउन्डेसनले पर्वतारोही स्टेफन केक, जोसेफ इनवालर तथा क्रिस्टिना हिरवरसहितको अस्ट्रियाली समूहको सहयोगमा नुवाकोटको ककनी गाविसमा भूकम्पले भत्काएका दुईवटा विद्यालयको अस्थायी भवन निर्माण गरिएका छन् ।

ककनीको निगाले गाउँमा ब्रह्मेश्वरी निम्न माध्यमिक विद्यालयको पाँचकोठे टिनको भवन करिब रु छ लाखमा निर्माण गरिएको फाउन्डेसनका अध्यक्ष राजेन्द्रबहादुर लामाले राससलाई बताउनुभयो ।

ककनीकै दोभान गाउँमा रु दुई लाख खर्चमा सुनकन्या प्राथमिक विद्यालयको पाँचकोठे बाँसको अस्थायी टहरा बनाइएको छ । सो अस्ट्रियाली दाताको समूहले दोभान गाउँमा बच्चाका लागि निकट भविष्यमा किन्डरगार्टेन विद्यालय भवन बनाउने भएको छ ।

स्टेफन केक, जोसेफ इनवालर र क्रिस्टिना हिरवरसहितको अस्ट्रियन समूहले भूकम्पपीडित क्षेत्रका जनताका लागि खाद्यान्न, कपडा, विद्यालय, स्वास्थ्य, सामुदायिक भवन, बाटो निर्माण र उद्धार कार्यमा सहयोग पु¥याउँदै आएको फाउन्डेसनका अध्यक्ष लामाले बताउनुभयो । रासस