– शिबलाल सुबेदी
गुल्मी, १० मंसिर । वित्तिय कारोवारमा अग्रणी मानिएको प्रभु बैकले गुल्मीमा आजदेखि आफ्नो शाखा बिस्तार गरेको छ । नेपालका ५० भन्दा बढी जिल्लामा १ सय १२ भन्दा बढी शाखा रहेको यस बैकले बिहीवारदेखि गुल्मीको सदरमुकाम तम्घासमा एक कार्यक्रमका साथ आफ्नो शाखा बिस्तार गरेको हो ।
सदरमुकाम तम्घासको नयाँ बजारमा आफ्नो शाखा बिस्तार गरेको प्रभु बैकले अन्य बैकहरुले भन्दा सरल र छिटो तरिकाले सेवाग्रहीहरुलाई सेवा प्रदान गर्ने तम्घास शाखाका प्रमुख देवीराम आचार्यले जानकारी दिनुभएको छ । यस बैकले नेपालका आफ्नो शाखा रहेका ५० जिल्ला भन्दा अन्य जिल्ला र अन्तर्राष्ट्रिय स्तरमा रेमिटान्सको माध्यमबाट सेवा दिदै आईरहेको बताएको छ ।
प्राइभेट कर्मर्शियल बैकहरुमा सबैभन्दा बढी शाखा र खातावालाहरु रहेको प्रभु बैकले राम्रो ब्याजदरमा बिभिन्न खालका खाताहरु सञ्चालन गदै आएको बताइएको छ । हाल यस बैकका १ सय १२ शाखाहरु मध्ये १ सय ५ भन्दा बढी शाखा एटीएम सेवा समेत प्रदान गदै आएको कार्यक्रममा क्षेत्रीय प्रबन्धक बुटवलका प्रमुख रेनुप्रसाद पाण्डेले जानकारी दिनुभएको छ ।















प्रतिक्रिया