१ कार्तिक २०८३, शनिबार

लहानमा सीके राउतको कार्यक्रम प्रहरीले बिथोल्यो, दर्जनौं कार्यकर्ता पक्राउ (फोटो फिचरसहित)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ck-Rawat (3)

– सन्तोष कुुमार
लहान, १० मंसिर । सिरहाको लहान नपा ३ स्थित एक विद्यालयबाट डा. सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनले निकाल्न लागेको शान्तिपूूर्ण र्यालीमा प्रहरीले बल प्रयोग गरेर कार्यक्रम विथोलेको छ ।

प्रहरीले बल प्रयोग गर्दा दर्जनौं कार्यकर्ता घाईते भएका छन् । सोही क्रममा प्रहरीले गठबन्धनका सिरहा संयोजक केदारनाथ यादब, नेता विष्णुु चौधरी लगायतका दर्जनौं कार्यकर्तालाई पक्राउ गरे । शान्तिपूूर्ण जुलुुस निकाल्न लाग्दा पनि प्रहरीले माइक, स्पिकर र पर्चा पम्पलेट खोस्नुुका साथै एकाएक लाठी प्रहार गरेको गठबन्धनका नेता संयज यादबले बताए ।

ईलाका प्रहरी कार्यालय लहानका डिएसपी राम केसीले कार्यक्रम गर्न भनेपनि राजमार्गमा जुुलुुस ननिकाल्न आग्रह गरेका थिए । तरपनि र्याली अगाडी बढाउन खोज्दा बल प्रयोग गर्नुुपरेको प्रहरीले जनाएको छ ।

जुुलुुसमा राउतका कार्यकर्ताहरुले स्वतन्त्र मधेस, आजाद देश, रंगभेद अन्त्य गर, मधेसबाट नेपाली सेना तथा प्रहरी पिर्ता गर लगायतका नारा लगाएका थिए ।

Ck-Rawat (1) Ck-Rawat (2)  Ck-Rawat (4)