काठमाडौं, २० असार । महाधिवेशन पूर्णतः ‘हाइटेक’ बनाउने योजनासहित शुरु गरेको नेकपा एमालेको नवौं महाधिवेशनको बन्दसत्र शुक्रबार १ बजेदेखि सुरु हुने भएको छ ।
‘शान्तिपूर्ण जनक्रान्तिको उपलब्धिलाई संस्थागत गरौं, जनताको बहुदलीय जनवादको मार्ग दर्शनमा समृद्ध नेपाल निर्माण गरौं’ भन्ने मुल नाराका साथ बिहीबारबाट राजधानीमा सुरु भएको महाधिवेशनको बन्दसत्रमा राजनीतिक तथा सांगाठानिक प्रतिवेदन, विधान संशोधन लगायतका विषयमा छलफल हुने भएको छ ।
काठमाडौको भृकुटीमण्डपमा बिहीवार एमाले अध्यक्ष झलनाथ खनालले उद्घाटन गरेपछि शुरु भएको महाधिवेशनको बन्दसत्र भने राष्ट्रिय सभागृहमा हुने छ । आषाढ २५ गतेसम्म चल्ने यस महाधिवेशनले नयाँ नेतृत्वसहित आगामी पाँच वर्षका लागि पार्टीको कार्यनीति पनि तय गर्नेछ । महाधिवेशनमा २ हजार ३ सय २५ प्रतिनिधि सहभागी छन् ।














प्रतिक्रिया