काठमाडौं, २० असार । पार्टी एकताका निम्ति वातावरण बनाउन कार्यगत एकता गरिरहेका एमाओवादी र नेकपा-माओवादी संविधानका अन्तरवस्तुमा साझा धारणा बनाउन सक्रिय रहे पनि संविधान जारी गर्ने प्रक्रियामा उनीहरूबीच मतभेद देखिएको छ।
संविधानसभामा रहेको एमाओवादी संविधानसभाबाट संविधान जारी गर्नुपर्ने पक्षमा छ। संविधानसभा चुनाउ बहिष्कार गरेको नेकपा(माओवादी संविधानसभाबाहिर सर्वपक्षीय राजनीतिक सभा गरी संविधान जारी गर्नुपर्ने पक्षमा छ।
‘सर्वपक्षीय राजनीतिक सभामा संविधानका अन्तरवस्तुमा सहमति गराएर संविधानसभाबाट संविधान जारी गर्नुपर्छ’, एमाओवादी कोषाध्यक्ष हरिबोल गजुरेलले भने, ‘संविधान संविधानसभाभन्दा बाहिरबाट जारी गर्नु हुँदैन।’
एमाओवादीले संविधानका अन्तरवस्तु अध्ययन र सहमति खोज्न पार्टीभित्र उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा कमिटी बनाएको छ। एमाओवादी र नेकपा-माओवादीसहित पाँच माओवादी घटकले पाँच सदस्यीय कार्यदल बनाएर संविधानका अन्तरवस्तुमा सहमति जुटाउने कसरत गरिरहेका छन्। अन्नपूर्ण पोष्ट दैनिकबाट














प्रतिक्रिया