१ कार्तिक २०८३, शनिबार

राजेन्द्र महतोले चोरेर नागरिकता लिएको सभासद्कै दाबी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rajendra-mahato

काठमाडौं, ९ मंसिर । मधेस आन्दोलनका प्रमुख नेतृत्वकर्ता एवं सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले चोरेर नेपाली नागरिकता लिएको खुलासा भएको छ ।

संसद अन्तर्गतको राज्य व्यवस्था समितिको आज सिंहदरबारमा बसेको बैठकमा एमालेकी सांसद गौरी ओलीले सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले चोरेर नेपाली नागरिकता लिएको खुलासा गर्नुभएको हो ।

सत्तारुढ दल एमालेकी सांसद ओलीले महतोले नेपाली नागरिकता चोरेर बनाएको दाबी गर्दै राज्यविरुद्धको मुद्दा लगाइ कारवाही गर्न गृहमन्त्री शक्ति बस्नेतसँग माग गर्नुभएको छ ।

बैठकमा गृहमन्त्री बस्नेतको पनि सहभागिता थियो । मधेसी नेता महतो बेलाबेला नागरिकताका कारण विवादमा आउने गर्नुहुन्छ ।

उहाँमाथि यसअघि पनि कीर्तेगरी नागरिकता बनाएको आरोप लाग्दै आएको छ ।