– सुधासुमन ढकाल
मंसिर ९, दाङ । दाङमा आज नम्बर नखुलेको गाडीले ठक्कर दिदा एक जनाको ज्यान गएको प्रहरीले जनाएको छ । ज्यान जानेमा तुलसीपुर ४ निवासी १८ वर्षिय सुमन विक रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
आज बिहान मर्निङ् वाकमा निस्किएका विकलाई घोराहिबाट तुलसीतर्फ आउदै गरेको गाडीले तुलसीपुर ६ हात्तिखवामा ठक्कर दिएर भागेको प्रत्यक्षदर्शीको भनाईलाई उदृत गर्दै कार्यालयका प्रमुख कृष्ण प्रसाईले जानकारी दिनुभएको छ ।
गाडिको ठक्करबाट घाइते भएका विकको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा ज्यान गएको हो । यसैबीच डीएसपी प्रसाईले २५÷२६ जना यात्रु बोक्न सक्ने क्षमता भएको सो गाडीका बारेमा थाहा पाउने जो कसैले पनि प्रहरीलाई खबर गरेर अनुुसन्धानमा सहयोग पु¥याउन पनि अनुरोध गर्नुभएको छ ।














प्रतिक्रिया