२९ आश्विन २०८३, बिहिबार

विधवा महिला कामदारको जवानीमा तीन पुरुषको आँखा लागेपछि…

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

woman_raped
पीडित महिला अस्पतालमा

एजेन्सी । उत्तर प्रदेशको गोन्डा जिल्लामा एक विधवा महिलामाथि तीन पुरुषले जबरजस्ती शारीरिक सम्पर्क राखेका छन् ।

गोन्डाको छपिया थाना क्षेत्रमा भएको घटनामा त्यहाँ बस्दै आएकी एक विधवा महिला आफ्नो जनजीविका चलाउनका लागि एक निजी स्कूलमा सरसफाईको काम गर्थिन् । उनी राति करिब १० बजेसम्म स्कूलमै होस्टेलका विद्यार्थीको हेरचाह समेत गर्थिन् । एक राति ति महिला जब बाथरूम गइन् त्यहाँबाट फर्किनेबेला उनलाई पाँच जनाले समाते । जसमा तीन जनाले निकै पीडा दिएर जबरजस्ती उनको अस्मिता लुटे ।

पीडित महिला ३५ वर्षकी थिईन् । उनको बच्चा छैन् । उनका श्रीमानको एक बस दुर्घटनामा मृत्यु भएको थियो । अभियुक्तहरुले जबरजस्ती शारीरिक सम्पर्क राखेर महिलालाई उनको घर नजिकै छोडेर फरार भए । पीडित विधवा महिलाले यो घटनामा पाँचै जनाविरुद्ध छपिया थानामा जबरजस्तीकरणी मुद्दा हालेकी छिन् ।

गोन्डाका एसपी अनिल कुमारले भनेका छन्– पीडित महिलाको मुद्दा दर्ता गरिएको छ । महिलाको जिल्ला महिला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएकोछ । घटनाका पाँचमध्ये दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनीहरुले ती विधवा महिलाको पहिलादेखि नै पिछा गरिरहेको त्यस दिन स्कूलको वाथरुममै लगेर जबरजस्ती शारीरिक सम्पर्क राखेको खुलेको छ ।