– सुधासुमन ढकाल
मंसिर ९, दाङ । प्युठानमा श्रीमती हत्या आरोपमा एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तोरवाङ–२ धगेका ३३ वर्षीय सुन्दर परियार रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख डीएसपी तुलबहादुर कार्कीले जानकारी दिनुभयो ।
मंगलबार भारतबाट घर फर्किएका सुन्दरले घरझगडामा राति १० बजे २४ वर्षीय श्रीमती इन्दु परियारलाई कुटपिट गरी हत्या गरेका हुन् ।
शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल बिजुवारमा राखिएको र घटनाका बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । अभियुक्त सुन्दरलाई घटना भएलगत्तै स्थानीयको सहयोग पक्राउ गरिएको डीएसपी कार्कीले बताउनुभयो ।














प्रतिक्रिया