सुनसरी, ८ मंसिर । सुनसरीमा पेस्तोलसहित दुई जना पक्राउ परेका छन् ।
भोक्राहा–५ यादवटोल बस्ने २१ वर्षीय रबिन यादव र श्रीपुर–५ बस्ने २२ वर्षीय कुन्दन यादवलाई प्रहरीले १ थान पेस्तोल र ४ राउण्ड गोली सहित पक्राउ गरेको छ ।
को.९ प ५५६५ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई सोमबार प्रहरीले भोक्राहा–५ स्थित राजमार्ग चेकजाँच गर्दा उक्त पेस्तोल र गोली बरामद भएको थियो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको छ ।














प्रतिक्रिया