२९ आश्विन २०८३, बिहिबार

टिक्रिटमा फसेका ३ नेपाली पनि भागे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

iraq-mapदोहा (कतार), २० असार । इराकको द्वन्द्वग्रस्त क्षेत्र टिक्रिटमा २६ दिनदेखि अलपत्र ३ नेपाली कामदार विद्रोहीको नियन्त्रयणस्थलबाट भाग्दै आलाम भन्ने ठाउँ पुगेका छन् । उनीहरू त्यहाँबाट सुरक्षित स्थल कुर्दिस्थानतिर जाने प्रयासमा छन् ।

राजधानी बग्दादबाट १४० किलोमिटर उत्तर टिक्रिटको एक अस्पतालमा आश्रय लिँदै आएका कानेपोखरी-९, मोरङका ३८ वर्षीय मोहनकुमार बस्नेत, दमक-१३, झापाका ३८ वर्षीय प्रेस गिरी र घोरही ठाकुर-९ का टोपबहादुर बस्नेत भागेका हुन् । ‘हामी अस्पतालबाट भागेर टिक्रिटको आलाम गाउँमा आइपुगेका छौं,’ गिरीले फोनमा भने, ‘यो पहिला बसेको जस्तै ज्यादै असुरक्षित ठाउँ होइन ।’

उनीहरू अस्पतालबाट ४५ मिनेटको गाडी दूरीमा रहेको बस्ती पुगेका हुन् । ‘एक स्थानीय इराकी नागरिकको सहयोगमा यहाँ आइपुगिएको हो,’ उनले भने, ‘पुरै गाउँ छ । हामीलाई पानी प्रशोधन गर्ने निजी फ्याक्ट्रीमा राखिएको छ ।’ उनीहरूले अब भने ज्यान जोगिन्छ भन्ने आशा बढेर आएको बताए । ‘अहिलेसम्म भगवान्ले साथ दिइरहेका छन्,’ गिरीले भने, ‘अब भने बाँचिन्छ भन्ने लागेको छ ।’

इराकी विद्रोहीहरूले उनीहरूलाई सोमबार दिउँसो साढे चार बजेदेखि राति ११ बजेसम्म अस्पतालभित्रै आफ्नो नियन्त्रणमा राखेका थिए । ‘त्यहाँ अरू विदेशी कामदार पनि थिए,’ गिरीले भने । कान्तिपुर दैनिकबाट