१२ कार्तिक २०८३, बिहिबार

कञ्चनपुरमा थरुहटका कार्यकर्ताले बस तोडफोड गरे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

भीमदत्तनगर, ८ मङ्सिर । चितवनदेखि कञ्चनपुरसम्म थारु प्रदेशको माग गर्दै शनिबारदेखि आन्दोलनमा उत्रिएका थरुहट थारुवान संयुक्त सङ्र्घष समितिका कार्यकर्ताले सोमबार राति एउटा बस तोडफोड गरेका छन् ।

कञ्चनपुर सदरमुकाम भीमदत्तनगरबाट बेलौरीतर्फ जाँदै गरेको पवनदूत यातायातको म १ ख ४१७ यात्रु बोकेको बसमाथि रामपुर जङ्गलमा तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय ,कञ्चनपुरले जनाएको छ । जिप्रकाका प्रवक्ता प्रहरी नायब उपरीक्षक केदार खनालले भन्नुभयो – “एउटा बसमाथि तोडफोड गरेको छ ।” कञ्चनपुरमा थारुवानको बन्दको प्रभाव न्यून रहेका बेला सोमबार एक्कासि उनीहरु तोडफोडमा उत्रिएका हुन् ।

“तोडफोडका क्रममा बसमा रहेका यात्रुलाई कुनै चोटपटक लागेको छैन ।” प्रवक्ता खनालले भन्नुभयो – “बसका सीसा फुटेका छन् ।” धारिलो हतियार, लाठी र पेट्रोलसहित आएका १०–१५ जनाको थारुवान थरुहटका कार्यकर्ता बसमा तोडफोड गरी फरार भएका छन् । क्षतिग्रस्त बसलाई इलाका प्रहरी कार्यालय, बेलौरीको निगरानीमा राखिएको छ । रासस