चितवन, ८ मंसिर । जिल्ला प्रशासन कार्यालय चितवनले सात लाख ९२ हजार ९२० सहित २५ जना जुवाडेलाई पक्राउ गरेको छ ।
कार्यालयका अनुसार भरतपुर उपमहानगरपालिका– २९ बाट कौडा खेल्दै गरेका १९ जनाबाट तीन लाख ४१ हजार १२० र भरतपुर उपहानगरपालिका वडा नं ५ लङ्कुबाट चार लाख ५१ हजार ८०० सहित छजनालाई नियन्त्रणमा लिइएको हो ।
उनीहरुलाई सोमबार सुराकीका आधारमा विशेष टोलीले पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई जुवा ऐन, २०२० अन्तर्गत कारबाहीका लागि अनुसन्धान भइरहेको जिप्रका, चितवनका प्रहरी नायब उपरीक्षक राजन अधिकारीले बताउनुभयो ।
चितवनमा प्रहरीले जुवातासरहित समाज निर्माणका लागि भन्दै अभियानकै रुपमा नियन्त्रणमा जुटेको छ । रासस














प्रतिक्रिया