१२ कार्तिक २०८३, बिहिबार

सीमान्तकृत वर्गलाई अधिकारसम्पन्न बनाउन मधेसमा आन्दोलनः यादव

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Upendra-yadav

काठमाडौँ, ७ मङ्सिर । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसी, आदिवासीलगायतका सीमान्तकृत वर्गलाई अधिकार सम्पन्न बनाउनुपर्ने बताउनुभएको छ ।

सङ्घीय गणतान्त्रिक जनमुक्ति पार्टीले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा उहाँले भन्नुभयो–‘अहिलेको राजनीतिक सङ्कट शताब्दीयौँदेखि खसआर्य उच्च जातिका शासक वर्गले मुलुकको शासन र शक्तिमा एकाधिकार गरी मधेसी, आदिवासी, जनजाती सबैको अधिकार खोस्ने र उनीहरुको साधनस्रोतलाई खोसी भाषासंस्कृतिलाई मेटाई पहिचानलाई समाप्त पारेका कारण भएको हो ।’

मुलुकको शक्ति केन्द्रीकृत हुनु नै अहिलेको समस्याको मुलजड भएको बताउँदै अध्यक्ष यादवले ८० प्रतिशत राजनीतिक, प्रशासनिक, आर्थिक शक्ति २० प्रतिशत जनताको हातमा भएकोले यो असमानतालाई न्यूनीकरण गरी वितरणलाई समानुपातिक गर्नुपर्नेमा जोड दिनुभयो ।

नेकपा–माओवादीका नेता सुरेश आलेमगरले थारु, मधेसी तथा आदिवासीले अधिकार प्राप्त गर्न नसकेकाले अहिले उनीहरु आन्दोलनमा रहेको बताउँदै उनीहरुको आन्दोलनलाई सरकारले राजनीतिकरुपमा समाधान खोज्नुपर्ने औँल्याउनुभयो ।

अधिकारकर्मी परशुराम तामाङले मुलुकमा बसोबास गर्ने सबै समुदायका भाषा संस्कृति पहिचानलाई सबैले महत्व दिएर स्वीकार्नुपर्नेमा जोड दिनुभयो ।

सङ्घीय गणतान्त्रिक जनमुक्ति पार्टीका नेता अमरध्वज लामाले नाकाबन्दीका कारण अहिले आपूर्ति व्यवस्था असहज भई जनजीवन प्रभावित भएकाले सरकारले त्यसको विकल्प खोज्नुपर्ने बताउँदै सरकारले चाँडो मधेस आन्दोलनलाई समाधान गर्न संवेदनशील हुनुपर्ने बताउनुभयो । रासस