१ कार्तिक २०८३, शनिबार

रिलायबल डेभलपमेन्ट बैंकको मुनाफामा उच्च वृद्धि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

reliable-development-bankकाठमाडौं, ७ मंसिर । चालु आर्थिक बर्षको पहिलो त्रयमासमा रिलायबल डेभलपमेन्ट बैंक लिमिटेडले ३ करोड १५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

गत वर्ष सोहि अवधिमा बैंकले ४१ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । यो अघिल्लो वर्षको तुलनामा ६ सय ५२ प्रतिशतले बढेको हो ।सोह्र शाखाहरु मार्फत सेवा प्रदान गर्दै आएको यस बैंकले पहिलो त्रैमासमा ७ अर्ब १८ करोड ८ लाख रुपैयाँ निक्षेप संकलनगरि ५ अर्ब ५० करोड २८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

यस अवधिमा बैंकले आफनो खराब कर्जा २ करोड ७५ लाख रुपैयाँ उठाउन सफल भएको छ । अघिल्लो वर्षको पहिलो त्रयमासमा ४ दशमलव १४ प्रतिशत रहेको निष्कृय कर्जा यस वर्षको पहिलो त्रैमासमा घटाएर १ दशमलव ५० प्रतिशतमा झारेको छ । चुक्ता पुंजी ७१ करोड ६८ लाख ९२ हजार ६ सय ४५ रुपैयाँ रहेको यस बैंकको प्रति शेयर आम्दानी १७ दशमलव ५९ रुपैयाँ रहेको छ ।