२९ आश्विन २०८३, बिहिबार

कता हराउँदैछ मेरो संस्कृति ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Iswor-saudम अछाम जिल्लाको मलातिकोट गाउ विकास समिति वडा नम्बर ५ तालिमा जन्मीएको मान्छे । मेरो वाल्यकालका ५ औ वसन्त त्यसै स्थानमा विते भने त्यसपछि वाल्यकालको अरु वर्षहरु त्यसै गाविसको वडा नम्बर २ पडेश्रमा वितेको हो । त्यहाँको हावा पानी संगै खेल्दै, ति डाडापाखा उकाली ओरालीर्संग लुकामारी गर्दै, कहीले स्कुल त कहीले गोठाला जादै मैले मेरो जिवनका करिब २३ औ वसन्त त्यसै ठाउमा बितेका हुन् । अहीले म विगत ९ वर्षदेखि कैलालीको टीकापुरमा वस्दै आएको छु । त्यो मेरो जन्मभूमी विकासको हिसाबले पछाडी परेको भएपनि कला सस्कृतिले भरीपूर्ण ठाउ हो । दशै, विषु, होली त्यहाँका विषेश चाडापर्वहरु मध्यका एक मानिन्छन् । त्यो दशै, त्यो विषु, त्यो होलीमा बजाईने वाजगाजाले झनै हाम्रो कलासस्कृतिलाई झल्काएको हुन्थ्यो । त्यसैमा कसैको विवाह वर्तबन्धमा बजाईने ति पञ्चे वाजाले त झनै सबैको मन नै लोभ्याउने काम गथ्र्यो ।

त्यो दमाह, त्यो ढोलक, त्यो नरसिंहा, त्यो झ्याली, त्यो सुनाही तिनीहरुको समिश्रणबाट निस्केको धुनले कसको मनलाई मन्त्रमुग्ध पार्न नसक्दो हो । त्यसको समिश्रणबाट निस्केको धुन सुनीएपछि मानिसहरु टाढा टाढाबाट पनि कान ठाडो पारेर सुन्थे । त्यो बिवाह अर्थात जन्तमा यो वाजा बढी जसो प्रयोग हुने गथ्र्यो । सुकीला लुगामा सजिएका पञ्चेवाजा बजाउने टीमले वाजा बजाएपछि पहाडका डाडाकाडाहरुमा मेर लाग्ने गर्थे । डाडा पाखाहरु गुञ्जायमान हुन्थे । ४०/५० जनाको समुहले वाजा बजाउदा गाउ नै थर्कीने गथ्र्यो । बुढापाकाहरु भन्ने गर्थे कसको आज ठुलै जन्त आईगयो पर पारीउडो निकै गुजीगट्ट छ, हेरन वानादारी पनि कति हुन ति ।

त्यसैमा फुर्को छोडेको टाउकोमा सेटो लुगाको फेटा, संगै कम्मर मुनी सेतै लुगाको जामा अनि त्यसैमा रंग मिल्ने लुगाको स्टकोटमा सजिएर हुड्उली गर्ने हुड् दाईको कला त झनै हेर्न लाएकको हुन्थ्यो । आज फलानो जन्तमा फलानो गाउको हुड्के आएको छ रे आईजाव आज राम हेर्न वाईजाऊ भन्दै राम हेर्ने रम्चेरुहरुको लाम नै लाग्थ्यो । हुड्केका भारत सुन्नका लागि मान्छेहरु कान ठाडै पारेर मन्त्रमुग्ध भएर बसेका हुन्थे । विभिन्न परापूर्व कालका कथाहरु हुड्क दाईले सुनाउने गर्थे । उनै कपासका झुलापावरी, उनै कपासका खासा, उनै मानिसका लखपति महाराज, उनै मानिसका दासा, जलभल बगी आया हुण्डुरु, सरवर बगि आया हास, कुसंगका संगत लागि महाराज पाख काटीको विनास, घर बिगा¥यो कुघरीनाले, खेत विगा¥यो कास, राजा विगा¥यो कुमन्त्रिले कुवा विगा¥यो हास । मर्द काजी पैकेलाका छोरा । त्यसैमा हुड्केका जोलेहरु पनि साथ दिएका हुन्थे, गाउने काममा । भलजि भल…..ल….ल…ल…..।

अहीले ति पञ्चेवाजाहरु कमै मात्रामा बज्ने गर्छन । विरलै मात्रामा । गाउ घरमा त वाजाहरुको अली छनक देखिन्छ । तर शहर बजारमा त गाउघरका जति पनि देखिदैन । गाउको भन्दा शहर बजारमा पञ्चेवाजाहरु लोप भईरहेका छन् । शहर बजारमा त अहीले त्यो चलन नै हराई सकेको देखिन्छ । पञ्चेवाजाको सट्टा ब्याण्ड वाजालाई शहरीयाहरुले बढी प्राथमिकता दिएको पाईन्छ । जसले ब्याण्डवाजा बजाएर आफ्ना छोरा वा छोरीको विहे ग¥यो अर्थात कुनै भोजभतेर ग¥यो भने उसले आफूलाई टूलो ठान्ने प्रवृति यो शहरी परिवेशमा पाईन्छ । त्यसले गर्दा हाम्रो सस्कृतिलाई कति असर परेको छ, कसैलाई हेक्का हुन्न । कसैको बिवाह भएपछि ब्याण्डवाजा भन्दै त्यसैमा होहल्ला गर्दै जन्तीहरु नाचेका हुन्छन् । रमाएका हुन्छन् । त्यसमा न रंग छ, न ढंग छ, न नेपाली पन नै छ । न त्यो वाजाको ताल छ, न सुर, विना अर्थमा ढ्याङ्ग्रो ठटाए झै ठटाएका छन् । नाचेका छन् । त्यो हामीहरुको प्रवृति देख्दा मलाई लाग्छ पञ्चेवाजा त ईतिहास बनीसके जस्तो लाग्छ । जसरी मान्छेहरुको पहिलेको पिडी लोप हुदैछ । त्यसै गरी नै यि वाजागाजाहरु पनि लोप हुदै गईरहेका छन् । वाजा बजाउने मान्छेहरु पाउन छोडेका छन् । पछिल्लो अर्थात अहीलेको पिडी त्यो आफ्नो सस्कृतिका वाजा नबजाई ब्याण्ड वाजा तिर आर्कसित भएका देखिन्छन् । त्यसले हाम्रो सस्कृतिलाई जोगाउनुको सट्टा गुमाएको देखिन्छ ।

सुदुरपश्चिमको देउडा गित यहाको सस्कृति हो । त्यसको आफ्नै भाव हुन्छ । देउडा गित एक्लै र दोहोरी गरी दुवै कीसीमले गाउन सकिन्छ । सुदुरपश्चिमका मेलापवर्, जात, बिवाह वर्तवन्ध लगाएत शुभकार्यमा देउडा गितको विशेष महत्व हुन्छ । एका तर्फ केटा र अर्को तर्फ केटीहरु लागेर तालमा ताल पैतालमा पैताल मिलाएर गितमा सवालका जवाफ दिदै देउडा खेल्नेहरुले रात वितेको पत्तो नै पाउदैनथे । केटी भन्छ—शिशिरमा झरेका रुख वसन्तमा पलाई, वाली वैस वौला दुःख किन भया मलाई, त्यसमा केटाले जवाफ दिन्छ — चर मेरी भैसोली आमा यो पन लेकै हो, मैकी भयो जन सुच्याई सबैकी एकै हो ।

यस्तै कीसीमका गितहरु गाउदै देउडा अर्थात न्याउल्या खेल्ने गर्थे । सुदुरपश्चिमको पछिल्लो पिडी अहीले त्यो देउडाको साटो पप र ¥याप गित तर्फ आकर्षित भएको देखिन्छ । उनिहरु सुदुरपश्चिमेली भन्न लजाउछन् । मेरो घर अछाम हो, मेरो घर बझाङ हो, मेरो घर बैतडी हो भन्न लजाउछन् । देउडा गितलाई हेला गर्छन । त्यसको उच्चारण गर्न समेत उनिहरु मन पारउदैनन् । बरु त्यसको साटो पप र ¥याप गाउन उनिहरु कुनै संकोच मान्दैनन् । बरु देउडा गाउनको साटो डिस्को धाउन उनिहरु अग्सर हुन्छन् । त्यसले गर्दा यो देउडा गित पनि पछिल्लो समयमा लोप हुदै गईरहेको पाईन्छ । पहिले पहिले वर्षेनी सयौको संख्यामा सुदुरपश्चिमबाट देउडा गिति एल्वम्हरु निस्कने गर्थे भने अहीले वर्षको एउटा पनि निस्कन गाह्रो भइरहेको अवस्थाले पनि देउडा सस्कृति लोप भईरहेको स्पष्ट हुन्छ ।

त्यसै गरी होली र पुतल खेलमा पनि मानिसहरुको आकर्षण घट्दो मात्रामा छ । के होली, के पुतल दुवै खेलमा युवाहरु आकर्षित भएको पाईन्न । हाम्रो भन्दा अघिल्लो पिडी सकीएको खण्डमा ति पुतला र होली खेलहरु पनि सकीने हुन्की भन्ने चिन्ता बढ्न थालेको छ । त्यो होलीको खेल हो या पुतलाको खेल होस् । युवा पिडी सयमा २ प्रतिसत पनि सहभागि भएको पाईदैन । यसैगरी हाम्रो सस्कृति प्रति हामीहरुको पिडीले ख्याल नगरेको खण्डमा केही वर्ष भित्र नै खै मेरो सस्कृति भनि खोज्नु पर्ने अवस्था अवश्य आउने देखिन्छ । त्यस कारण यस विषयमा जानकारहरुले वेलैमा सोच पु¥याउन जरुरी छ ।